डिसइन्फेक्ट गर्ने स्प्रेले भाइरसलाई भन्दा मानवस्वास्थ्यलाई हानी गरिरहेको छः विश्व स्वास्थ्य संगठन


विश्वभरिका देश अनि नेपालका पनि संघीय अनि स्थानीय सरकार दुबैले डिसइन्फेक्ट गर्ने टनेलहरुको प्रयोगमा तिव्रता ल्याएका छन् । काठमाण्डौका धेरै अस्पतालहरु, अन्य प्रदेशका अस्पताल र संवेदनशील ठाँउहरुमा पनि यस्ता टनेलहरु देख्न सकिन्छ । टनेलमा एकातिरबाट छिरेर अर्कोतर्फ निस्कँदा डिसइन्फेक्ट हुने विश्वासका कारण मान्छेहरुमा बिभिन्न रसायन र स्यानीटाइजरहरु स्प्रे गरिंदै आएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कीटनाशक मिसिएका स्प्रेले सतहमा मात्र काम गर्दछ मानव अङ्गमा यसले फाइदा गर्ने भन्दा बढी हानी पुर्याउनसक्छ ।

यस्ता केमीकलमा सोडियम हाइड्रोक्लोराइड र ब्लीचहरु अधिक प्रयोग गरिन्छ, यस्ता ब्लीचहरुले मानव शरीरको मेम्ब्रेनहरुलाई निकै हानी गर्ने तथ्य आएको छ यद्धपी यस कुरामा सजगता भने पाइन्न । अस्पतालमा रोग निको गर्न गएकाहरुलाई झनै दीर्घरोग लाग्नसक्ने यस्ता डिस्इन्फेक्टेन्ट टनेलहरुको प्रयोग अस्पतालमा मात्र हैन कि सबै ठाउँहरुमा निरुत्साहन गर्नुपर्ने विशेषज्ञहरुको तर्क छ ।

यस्ता केमीकलहरु डिसइन्फेक्टका रुपमा शहर अनि गल्लीहरुमा पनि छरिरहेको छ, विश्व स्वास्थ संगठनका अनुसार पनि यस्ता डिसइन्फेक्ट टनेलहरु केवल हेयाण्डवाशका लागि सप्लीमेन्ट मात्र भएको र यीनले मानव शरीरका लागि नभई सतहहरुमा भएका र हुनसक्ने जिवाणुमात्र मार्ने बताइएको छ । साथै यी किटनाशक केमीकलले मानव शरीरभित्र भएको जिवाणुमा केहि असर नगर्ने पनि बताइएको छ । यसरी क्लोरिन, ब्लीच र अल्कोहोललाई डिसइन्फेक्ट रसायनका रुपमा प्रयोग गर्नाले मानव शरीरमा रहेका मेम्ब्रेनहरुमा निकै नै हानी गर्ने र दीर्घरोगहरु उब्जाउने बताइएको छ । सामान्यतया एकजना मान्छेले यस्ता टनेलमा ५ मिनेट बिताउँछन्, यी ५ मिनेटमा मात्र पनि शरीरमा अनेकन रसायन टाँसिने हुँदा आँखा र मुख अनि चर्म रोग र संक्रमणको सम्भावनाका साथै श्वासप्रश्वासको रोग भएकाहरुलाई थप अप्ठेरो बनाउने बताइन्छ ।

नेपालमा भने यी बिषयमा कुराहरु उठेका छैनन, यस्ता अधिक प्रयोग भएका सोडियम हाइपोक्लोरिटहरु ट्वाइलट सफाई गर्ने रसायन र मच्छर मार्ने रसायनमा विशेष प्रयोग गरिंदै आएको छ । स्प्रेको माध्ययमबाट यसलाई प्रत्यक्ष मानव शरीरमा सम्पर्क गराउनु अति नै जोखिमपूर्ण छ । भारतका कतिपय राज्यहरुमा जनस्तरबाटै यस्ता टनेलहरुको प्रयोग रोक्न दवाबका स्वरहरु उठ्न थालेका छन् ।

कोरोना भाइरस (COVID-19) को उद्गमस्थल चीनको वुहान लगायत अन्य शहरहरुमा प्रारम्भिक चरणमा यस्ता डिस्इन्फेक्टेन्ट कीटाणुनाशक टनेलहरुको स्थापना गरिएको थियो । तर चीनमा पनि नागरिकहरुमा ब्लीच मिसिएका त्यस्ता डिस्इन्फेक्टेन्टको प्रयोगको तिब्र आलोचना गरिएको थियो ।


Loading comments...