
पुनःप्रशारण गरिएको रामानन्द सागरको ‘रामायण’ले ‘गेम अफ थ्रोन्स’लाई पछि पार्यो
२२ बैशाख २०७७, सोमबार ०८:५३
३३ वर्षपछि रामानन्द सागरको बहूचर्चित रामायणको पुर्नप्रसारण भएको छ । तीन दशक पछि पनि त्यस लोकप्रिय रामायणका सिरिजहरुले विश्वभरिबाट अत्याधिक दर्शक र माया पाइरहेका छन् । इसाई र इस्लाम जनसंख्या अत्याधिक भएको यस विश्वमा हिन्दु सनातन गाथा मर्यादा पुरुषोत्तम राम र रामगाथा समेटिएको रामायणका सिरिजतर्फ वर्तनमान आधूनिक संसार जो विशिष्ट भिएफएक्स, सर्वोत्कृष्ट श्रब्यदृश्य तथा वास्तविक झै लाग्ने आधूनक सम्पादनको अनेक सिनेमा तथा सिरिजहरुको भीडमा पनि ३ दशक अघिको सिमित प्रविधिले तयार पारेको रामानन्द सागरको रामायणप्रति वर्तमान पुस्ताले देखाएको चाँसो अध्ययनको विषय बन्न सक्छ ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन घोषणा गरेलगत्तै भारतीय राष्ट्रिय प्रसारण दूरदर्शनले रामायणको पुनः प्रसारण शुरु गरेको थियो । गत अप्रिल १६, २०२० मा दूरर्शनले जारी गरेको विज्ञप्ती अनुसार विश्वभरबाट ७ दशमलव ७ करोड मान्छेले रामायण हेरेका जानकारी दिएको छ । दूरदर्शनको आधिकारिक ट्वीटर ह्याण्डलले यस विश्व किर्तिमानलाई उल्लेख गर्दै ट्वीट पनि गरेको थियो ।
Rebroadcast of #Ramayana on #Doordarshan smashes viewership records worldwide, the show becomes most watched entertainment show in the world with 7.7 crore viewers on 16th of April pic.twitter.com/edmfMGMDj9
— DD India (@DDIndialive) April 30, 2020
रामानन्द सागरको निर्देशनमा बनेको रामायण सर्वप्रथम सन् १९८७ मा प्रसारण भएको थियो । भगवान श्री रामको चरित्रमा अरुण गोविल, सीताको रुपमा दिपीका चिखलियाका टोपीवाला, लक्ष्मणका रुपमा सुनिल लहरी, मन्थराका रुपमा ललिता पवार, हनुमानका रुपमा दार्ह्रा सिंहलाई देखाइएको थियो ।
हिन्दी भाषामा निर्माण गरिएको रामायणप्रतिको यो दर्शक संख्याले विश्वका सर्वाधिक चर्चित टिभी सिरिज ‘गेम अफ थ्रोन्स’को रेकर्ड पनि तोडेको छ ।
—
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित