
सिरियालाई ६ दशमलव ८ मिलियन ब्यारेल तेल ईरानले पठायो
२३ बैशाख २०७७, मंगलवार ०८:३०
म्यारीटाइम भन्ने एउटा सर्भिलियन्स समुहले विश्वका प्रायश सबै देशहरुमा पानी जहाजको आवागमनको सुपरिवेक्षण गरिरहेको हुन्छ । गत मंगलबार सिरियाको बानिया बन्दरगाहमा ठूलो परिमाणमा तेल बोकेर ईरानी जहाजहरु पुगेको कुरा म्यारीटाइमले उल्लेख गरेको छ ।
मिडल इस्ट इकोनोमिक सर्भे नामक पत्रिकाका अनुसार ईरानले सिरियालाई ६ दशमलव ८ मिलियन ब्यारेल तेल पठाएको हो । सन् २०१९ को मे महिनाबाटै ईरानले हरेक महिना सिरियालाई २ मिलियन ब्यारेल तेल पठाइरहेकै थियो, अमेरिकी नाकाबन्धीले ईरान र सिरिया तेल आदानप्रदानमा खासै प्रभाव पारेको पाइनन, ईरानले सिरियन रिजाइम आसादलाई समर्थन गर्दछ । अहिलेको महिनामा भनें
इरानले सिरिया पठाउने तेलको परिमाण ३ गुणाले बढेको हो ।
ईरानको सर्वाधिक ठूलो तेल किन्ने देश भने चीन थियो तर कोरोना संक्रमणलाई नियन्त्रण गर्न नसकेको आरोपका साथ पछिल्ला महिनाहरुमा चीनले ईरानी तेल खरिद गरेको छैन, अब चीनले ईरानबाट किन्ने तेलको परिमाण सिरियाले खरिद गर्न थालेको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा