सगरमाथाको शिखरमा अबबाट ५ जी मोबाइल सेवा उपलव्ध


चिनियाँ साइडबाट सगरमाथा चढ्ने पर्वतारोहीहरुले विश्वको सर्वाधिक उचाईमा रहेको इन्टरनेट स्टेशनबाट फालिएको इन्टरनेट मार्फत ५ जी सेवा चलाउन पाउने र पर्वतारोहणका क्रममा एकअर्कासंग थप सहज रुपमा कुरा गर्न पाउने भएका छन् । चीनको राज्यपक्षद्धारा चलाइएको चाइना मोबाइल कम्पनीले जनाएको बिज्ञप्ती अनुसार सेटअप गरेको यस टावर गत हप्ताको बिहिवारबाट सञ्चालनमा आएको हो, यो स्टेशन ६५०० मिटर उचाईमा छ ।

जिनुवा न्यूजको समाचार अनुसार यसअघि नै ५३०० र ५८०० मिटरको उचाईमा सेट गरिएका स्टेशनहरु छन्, अब चीनका तर्फबाटको सगरमाथाका हरेक भागमा ५ जी इन्टरनेट उपलव्ध छ ।

ग्लोवल टाइम्स नामक चीन केन्द्रित आर्थिक पत्रिकाका अनुसार यस चुनौतिपूर्ण परियोजना स्थापना गर्न करिब १ दशमलव ४२ मिलियन रकम लागेको छ, विब्व कोरोना महामारीमा तनावग्रस्त भएको अवस्थामा चीनले भने ५ जी सेवा बिस्तारका लागि ठूलै कसरत गरेर, खच्चरहरुमा सामान बोकाएर लगेर भएपनि स्टेशनहरु स्थापना गरेको छ । चीनपक्षका अनुसार यि सेवाले पर्वतारोहणलाई सह जगर्ने, उद्धारकार्यलाई प्रभावकारी बनाउने र हिमाललाई कम जोखिमपूर्ण रुपमा पर्वतारोहीहरुका लागि परिचित गराउने जनाएका छन् ।
यस परियोजनामा चीन्को राज्यपक्षको चाइना मोबाइल र हुवेई कम्पनीको साझेदारी रहेको छ ।

लाइभमाण्डु


Loading comments...