यूएई रेसिडेन्सीयल टावरमा भीषण आगलागी


शारजाहमा भएको एउटा रेसिडेन्सीयल टावरमा मगंलबार राती आगलागी भएको हो, यूएईको आधिकारीक मिडियाका अनुसार शारजहाँको अल नाहडा क्षेत्रमा भएको एब्को बिल्डिगंमा आगलागी भएको हो ।

४८ तल्लाको यस भवनमा आगलागी हुँदा ७ जनाको सामान्य उपचारपछि स्वास्थ सामान्य छ भने अन्य घाइतेहरुको खोजि कार्य भइरहेको छ । गल्फ न्यूज पत्रिकाका अनुसार आगलागी स्थानीय समयमा रातीको ९ बजे शरु भएको हो । शारजहाँ सिभिल डिफेन्सका अग्निरक्षकहरु तत्कालै पुगिहालेकाले क्षती धेरै हुन पाएन । खालिज टाइम्सका अनुसार उक्त भवन आसपासका अन्य ५ भवनहरु पनि क्षतिग्रस्त भए भने यि भवनहरु मुनी पार्क गरिएका सैयौं कारहरु भवनबाट खसेका आगोका लप्काहरु र भवनका टुक्राहरुले थिचिएर र जलेर काम नलाग्ने भएका छन् । भवन बनाउन प्रयोग भएको अल्मुनीयम कम्पोजिट मेटल क्लाडिगंका कारणले आगो लागेको प्रारम्भिक अनुमान छ ।

लाइभमाण्डु


Loading comments...