
मेरो देशको रातो झन्डा
२४ बैशाख २०७७, बुधबार १४:५८
मेरो देशको रातो झन्डा एक दिन फेरि फरफराउनेछ,
यी ओठले तिम्रो यो गीत बेहोसीमा पनि बरबराउनेछ ।
हाँसीखुसी बरु आधा पेट बस्छु, तर पैसाका लागि बिदेसिन्न आमा,
जन्मऋण चुकाउँछु, तिमीलाई सजाउँछु, यो जीवन गर्छु तिम्रै नाम ।
भूकम्पको धक्का र कोरोनाको मुक्काले ढालेका छन् तिमीलाई अहिले,
मलमपट्टी बाँद्छु, बैसाखीमा राख्छु, हुने छैन टाढा तिमीदेखि कहिले ।

उठी, हिँडी, रम्नेछौ फेरि, छाउनेछ खुसी तिम्रो मुहारमा,
बुद्ध र सीताकी जननी तिमी, फैलनेछ सुवास तिम्रो संसारमा ।
तिम्रो आँगनको गुराँसले एक दिन तिमीलाई नै सजाउनेछ,
मेरो देशको रातो झन्डा त्यस दिनदेखि फेरि फरफराउनेछ ।
•
© डा.कञ्चनजङ्घा प्रसाई, विद्यावारिधि
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र