Lifestyle Portal
  •   १ जेष्ठ २०७८, शनिबार

संक्रमणरहित वीरगञ्ज अभियानमा जनताको साथ, सरसफाई सचेतना सहित सेनिटाइज्ड गरिदैं

२४ बैशाख २०७७, बुधबार १६:२८

वीरगञ्ज २४ बैशाख । कोरोना भाईरस तथा कोभिड १९ को प्रकोपले विश्व नै आक्रान्त बन्न पुगेको छ । हाल सम्म विश्व भरी लाखौं मानिसले यस रोगबाट आफनो ज्यान समेत गुमाई सकेका छन ।

विश्व स्वास्थ्य संगठनले यस रोगको कुनै औषधि उपचार नरहेको जिकिर गर्दै आएता पनि समाजिक दूरी तथा व्यक्तिगत साफसफाई नै यसको मुख्य उपचारहरु मध्ये एक रहेको बताएको छ ।

यही यथावत कुराहरुलाई मनन् गर्दै स्व. गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगञ्ज महानगरलाई सोडियम हाइपोक्लोराइट नामक सर्फेस सेनेटाइजरबाट महानगरको अधिकांश वडाहरुलाई सेनेटाइज गरिसकिएको छ यस कार्यलाई जनताले स्वागत सहित साथ दिईरहेको जानकारी फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताउनुभएको छ ।

वीरगञ्ज महानगरको ३२ वटै वडाहरु सेनेटाईज गरिने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले जानकारी दिनुभएको छ । सदस्य कुर्मीका अनुसार हालसम्म वीरगंज महानगरको १ देखि वडा नं २५ सम्म सेनेटाईज गरिसकिएको छ ।

बाँकि रहेका वडाहरु सेनेटाईज भइरहेको तथा एक हप्ताभित्र सम्पूर्ण वडाहरुलाई सेनिटाइज्ड गरिसकिने जानकारी फाउण्डेशनका सचिव धिरज गुप्ताले बताउनुभयो । त्यस्तै मानव शरिरमा देशका विभिन्न स्थानमा भइरहेको किटनाशक छर्किने कार्यलाई पनि यथाशिघ्र रोकेर मानव स्वास्थ्यमाथि भइरहेको खेलवाड रोक्न समेत गुप्ताले आह्वान गर्नुभएको छ ।

“विश्व स्वास्थ्य संगठनले समेत प्रत्यक्ष मानव शरिरमा किटनाशक छर्किने कार्यले जटिल स्वास्थ्य समस्या बढाउने कुरा यस अघि नै सार्वजनिक भइरहेको हुँदा । हामीले यो संवेदनशिल कुरालाई विशेष सावधानी अपनाउँदै संक्रमण रहित वीरगञ्ज अभियानलाई अगाडी बढाइरहेका छौं । यसमा वीरगञ्जवासीले साथ र सहयोग गरिरहनुभएको छ ।” गुप्ताले लाइभमाण्डूसँग कुराकानीका क्रममा बताउनुभयो ।

“अगामी दिनहरुमा पनि पर्साका जनता तथा गरिब नागरिकहरुलाई फाउण्डेशनले परेको बेला यथासम्भव सहयोग गर्नेछौंं यसमा फाउण्डेशन प्रतिबद्ध छ ।” फोउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जन्डिसका बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा परेको बताएका छन् । शुक्रबार

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सिफारिशविना घरमा अक्सिजन सिलिन्डर नराख्न दिर्नेशन जारी गरेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको

काठमाडाैं‌ । नेपाली कांग्रेसले विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तरराष्ट्रिय संघ, संस्थाहरूलाई आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमै अक्सिजन सिलिण्डर निर्माण प्रक्रिया अघि बढाएको छ । स्थानीय