कतार एयरलाइन्सले भारी रोजगारी कटौति गर्ने


कतार एयरलाइन्सले कोरोना महामारी पछि भएको हवाईयात्राको व्यापक कमीका कारण आफ्नो कम्पनीमा व्यापक रोजगार कटौति हुनसक्ने बिज्ञप्ती जारी गरेको हो । गत मार्चको तथ्याकं हेर्ने हो भने कतार एयरलाइन्समा २३४ क्राफ्टहरु र १७० गन्तव्यहरुमा यसको उडान तालिका रहेको पाइन्छ । अन्तरािष्ट्रय एयर ट्रान्सपोर्ट एसोसिएसनले त आउने वर्षमा मध्यपूर्व र अफ्रिकन देशहरुमा हवाईयात्रा आधा भन्दा कम दरले घट्ने बताइसकेको छ ।

कतार एयरलाइन्सका चिफ एक्जुकेटिभ अकबर अल बेकरले कर्मचारीका नाममा मेमो जारी गर्दै बिषम परिस्थितीमा कर्मचारीहरुको तलब र अन्य फिक्स्ड लागतका कारणले कम्पनी झनै धराशायी हुँदै गएको र यस अवस्थामा क्याविन क्रु लगायत अन्य कर्मचारीहरुपनि कटौति गरिने संभावना उल्लेख गरिदिएका छन् ।

अबका आउँदा दिनहरुमा केवल ३५ गन्तव्यहरु मात्र कतार एयरलाइन्सले सञ्चालन गर्ने निर्णय भएको मेमोमा ३० हजार कर्मचारीहरुमध्ये कतिजनाको या कति प्रतिशतको जागिर अवस्था कटौति हुनसक्ने बारेमा केहि भनिएको भने छैन । कर्मचारीलाई फिर्ता पठाउनु हाम्रा लागि दुख्खको घडी हुनेछ र भविष्यका दिनमा तिनिहरुलाई फेरि बोलाउन हाम्रो हरसंभव कसरत रहनेछ, मेमोमा उल्लेख छ ।


Loading comments...