जगंल बुक सन् २०२०


सियोनी जंगलको शान्त सुन्दर बातावरणमा फेरि खलल आयो, सन् २०२० मा, यो खलल ल्याउने कुनै नयाँ प्रडेटर या दुश्मन हैन केवल एउटा सामान्य भाइरसको असामान्य असर हो, नेदखिने यस प्रडेटरले जंगलमा खलल ल्यायो । बुटा र बिरामी जनावर प्राणीहरु यस प्रडेटरले सखाप पार्न थाल्यो, यि बुढा र बिरामी जनावरहरु प्रडेटरभन्दा छिटो कुद्न सकेनन, सक्दैनन ।

यस प्रडेटरको असन्तोषी भोकले जगंलका हरेक जनावरलाई आहाराका रुपमा हेरिरहेको छ, यस प्रेडेटर नदेखिने र नछोइने खालको भएकाले सन् २०२० को जंगलबुकमा यस विश्वरुपी जगंलका हरेक प्राणीहरु खतरामा रहेका छन् ।

यस जगंलका मसिना मुसा देखि बलवान हात्तिहरु, आक्रमक हाइनाहरु देखि शान्त प्राणीहरु सम्म, छिटो दुर्गुर्ने हरिणदेखि सुस्ल स्लोथ भालुसम्म जगंलका राजा सिंहको गुफामा हारगुहारगर्दै भेला भए, यो जीवनमरणको अवस्था थियो, सबैलाई बाँच्ने मन र रहर छ । सिंहका अगाडि सबैजनाले आफूहरुलाई यस नदेखिने प्रडेटरबाट जोगाउन आव्हान गरे । शेर खान सिंहले पनि अहिलेसम्म यस प्रडेटरलाई देखेको छैन, हुन त उ आँफैं पनि प्रेडेटर नै हो तर नदेखिने यस प्रेडेटरबाट उ सम्पूर्ण रुपमा अनभिज्ञ छ तर उस्को शाषनकाल भएकाले जगंललाई जोगाउन उस्लाई दायित्ववोध भएको छ, उ बहुमतले छानिएको राजा जो हो ।

बल्लु भालुलाई जाल बिछ्याउन लगाएर अन्य सबै जनावरहरुलाई उस्ले आआफ्नो घरमा लुक्न आदेश दिए, लकडाउन छायो त्यस घना जगंलमा । उस्को आदेश स्पष्ट छ, तिमीहरुले र हामीहरु कसैले पनि यस प्रेटेडरलाई देख्न सक्दैनौ तर उस्ले हामीहरुलाई स्पष्टसंग देख्न सक्दछ । यस प्रडेटरले हामीलाई आफ्नो रुची अनुसार खाइरहेको छ किनभनें हामीहरु उस्का लागि देखिन्छौं तर उ हाम्रा लागि अदृश्य छ । यसकारणले अब हामीपनि उस्का लागि नदेखिने भएर बसौं, सबैजना घरघरमा छतमुनी बसौं, आआफ्ना गुफा, रुख, दुलोहरुमा बस, म गएर त्यस प्रडेटरलाई मार्छु अनि मात्र तिमीहरु निस्कनु, शेर सिंहको आदेश छ ।

हार्कु र हायनाहरुले उत्तर दिए, सरकार हामीसंग पर्याप्त खाना छैन, हामी त दैनिक शिकार गरेर खान्छौं, अब हामी के गर्नु, घरभित्र बस्दा खान नपाइने निश्चित छ ।

जिराफ गजालाले पनि सिह थाप्यो, हामी घरभित्र बस्न गाह्रो छ सरकार ।
म यस लकडाउनलाई लामो समय चल्न दिन्न, मलाई फलो गर, आदेश मान नत्र कानुन लाग्नेछ, शेर खानको उत्तर थियो ।
श्रीपेचको आदेश अटेर गर्ने आँट कसैको थिएन, सबैजना लकडाउनमा लुक्न गए, दिनहरु बित्दै गयो । अब अवस्थ झनै धमिलो भयो, बल्लु भालु झनै मोटाउन थाल्यो, जगंलमा नयाँ प्रेडेटरको आहार बन्ने क्रम चलिरह्यो, बाहिर के थियो कसैलाई थाहा छैन, भित्र कष्ट थियो, सबैजनाले नयाँ प्रेडेटर झनै बढ्दै गएको तथ्यलाई मान्न थाले तर बास्तविक्ता कसैलाई थाहा छैन ।

लकडाउनमा साना साना हरिणका बच्चाहरु अब बुरुक्क उफ्रेर झाडीमा छिरेर पातहरु चपाउन निस्कन थाले, चल्लाहरु रुन थाले, बाच्छाबाच्छीहरु उृफ्रन थाले । अब लकडाउन स्वयम भाइरसभन्दा खतरा भएर गयो, भोकोपना दुईधारे तलवार भयो, स्यालहरु पनि मर्न थाले, बाहिर निस्कँदा नयाँ प्रेडेटरले उनीहरुलाई खायो । स्यालहरु झुण्डमा निस्किए, झुण्डमा निस्कनेको सुरक्षा झनै फितलो भएर गयो, स्यालहरुका कारणले जगंलका अरु जनावरहरु पनि प्रडेटरले आफूलाई देख्ला भन्ने त्रासमा भए ।

लालपान लंगुरले शेर सिंहलाई भोका जनावरहरुको अवस्था वयान गरे, भोकको पीडा बताए । शेर खानले अब नयाँ प्रेडेटरका बारेमा रत्तिभर थाहा नभएका बाँदरहरुको सल्लाहकार समुहलाई बोलाए, एउटा बाँदर सल्लाहकारले अर्को जगंलराज्यको आधा उदहारण दिँदै शेर खान समक्ष आफ्नो बिन्ती पोख्यो । हजुर महाराज, अर्को जगंलमा जनावरहरुलाई जोगाउन उनीहरुको गोडामा पाउजुजस्तो बाँध्ने गरिएको छ हामी पनि यसै गरौं । शेर खानलाई जगंल जोगाउन भन्दा पनि जगंल जोगाउन केहि गरेको जस्तो देखाँउ भन्ने चेत थियो, यसरी पाउजु लगाँउदा जनावर दौडेको समयमा पाउजु छनछन गरि बज्ने कारणले नयाँ प्रेटेडरको चाल थाहा हुने तर्कमा उस्लाई सन्तोष भयो ।
एउटा लंगुरले चाँही हामी पुरुषहरुले यस्तो पाउजु महिलाले झै कसरी लगाउनु भनी सोधे, उक्त पाउजु जेण्डर न्यूट्रल ठहर गरेको शेर खानले तत्कालै घोषणा गरिदिए । अब यस पाउजु जगंलमा खुबै बिक्रि भयो, पाउजु ल्याउने ब्यापारी स्यालसंग सल्लाहकारको संझौता थियो, उनीहरुले खुबै कमाए । जगंलमा यति पाउजु बज्न थाल्यो कि अब जगंल नै पाउजुको आवाजले गुञ्जायमान रहन थाल्यो, कुनै नृत्य गरिएको मञ्च जस्तो भयो जगंल । पाउजुको आवाजले गर्दा अब कुन जनावर कहाँ छन् सबैलाई थाहा भयो, शेर खान, बाघ अनि स्यालहरुलाई अब झनै शिकार गर्न सहज भयो, नयाँ प्रेडेटरको भयले लगाएको पाउजुले पुराना प्रेडेटरलाई शिकार गर्न सहज भयो, साधारण जनावरहरु झनै जोखिममा पर्दा भए , जगंलको नियति केहि यस्तो हुन पुग्यो ।

जगंलमा अब दुइखाले प्रडेटर छन्, साधारण जनावरहरु दुबै प्रेडेटरको जोखिममा छन् । सुनिन्छ आजभोली बल्लु भालु र शेर खानको भोक झनै बढेको छ रे, सल्लाहकार बाँदरहरु अब संसदको नयाँ स्वरुप तय गर्न चाहन्छन् । शेर खानमाथि प्रश्न तेर्स्याउनेलाई जगंलमा कानुन लाग्दछ, जगंलको कानुन कति कडा छ हामीहरु सबैलाई थाहा भएकै कुरा हो ।

सुयोग ढकाल


Loading comments...