
भारतको बिशाखापटनममा केमीकल कारखानाबाट ग्याँस लीक
२६ बैशाख २०७७, शुक्रबार १४:४३
बिहिबारका दिन भारतको बिशाखापटनममा भएको एउटा केमीकल कारखानाबाट बिशालु ग्याँसहरु लीक हुँदा स्थिती भयावह भएको छ । यस ग्याँस लीकमा कम्तिमा १२ जनाको मृत्यु भइसकेको बताइएको छ, स्थिती यति भयावह छ कि त्यहाँ भएको ग्याँसका कारण २० किमी परका मान्छेहरु पनि बिरामी पर्न थालेका छन् । १४ किमी परको गाँउबाट १५०० जनालाई उद्धार गरेर अन्यत्र सारिसकिएको छ । केहि दिनअघि दिल्लीको टुगलाकवाडमा पनि एउटा ट्याकंरबाट ग्याँस लीक हुँदा बालबालिकाहरु बिरामी भएर अस्पताल भर्ना गुर्नपर्ने अवस्था आएको थियो । आन्द्र प्रदेशको एलजी केमीकल कारखानामा ग्याँस लीक भएको हो, कारखाना भित्रको बढ्दो तापक्रम थप अनियन्क्रित भएमा अरु जोखिम हुने संभावना रहेको बताइएको छ ।
Spoke to officials of MHA and NDMA regarding the situation in Visakhapatnam, which is being monitored closely.
I pray for everyone’s safety and well-being in Visakhapatnam.
— Narendra Modi (@narendramodi) May 7, 2020
यस ग्याँस लीकको अवस्था यति भयावह छ कि उक्त कारखानाको ५ किमी रेडियसका सबैजनालाई हटाइसकिएको छ, सैयौं मान्छेहरु बिरामी परिसकेका छन् । साउथ कोरियाको बिशाल औधेगीक समुह एलजी पोलीमरले उक्त कारखाना सञ्चालन गरेको हो, यस कारखानाको एकाई पेट्रोकेमीकल उत्पादक एकाई रहेको खबर छ ।
भारतीय सञ्चार माध्यमहरुका फुटेज र स्थानीय पत्रकारहरुका मोबाइल भिडियोहरुमा हेर्दा बिशाखापटनमका गल्लीहरुमा हजारौं मान्छेहरु हलचल गर्न नसकेर सुतिरहेका देखिन्छन् । फ्यान ब्लेड, पोलीस्टेरिन उत्पादनहरु बनाउने यस कारखानालाई लकडाउन पछि पून सञ्चालन गर्न लागिएको थियो, आन्द्र प्रदेशका मुख्य मन्त्री जग मोहन रेडीले कारखानामा लामो समय स्टेरिन नामको केमीकल स्टोर गरिएकाले यस्तो भएको हो ।
जनावरहरु पनि ग्याँस लीकका कारणले मारिएका छन् भने त्यहाँका अस्पतालहरु बिरामीले खचाखच भरिएका छन्, अझ ग्राउयड जीरोको अवस्था थप भयावह भएको बताइएको छ ।
Spoke to officials of MHA and NDMA regarding the situation in Visakhapatnam, which is being monitored closely.
I pray for everyone’s safety and well-being in Visakhapatnam.
— Narendra Modi (@narendramodi) May 7, 2020
Andhra Pradesh: PTBC (Para-tertiary butyl catechol) brought to Visakhapatnam from Gujarat,on an Air India special cargo flight,for neutralizing #VizagGasLeak.
Earlier tonight, gas fumes leaked again from the tanker at LG Polymers in Vizag. The leak had y’day claimed 11 lives. pic.twitter.com/RmpCCUODg5
— ANI (@ANI) May 7, 2020
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा