रबिन्द्रनाथ टेगोरका कवितामा गौतम बुद्ध : सरल नेपाली अनुवाद


टेगोरका शव्दहरुमा अनुहार हुन्छन्, आर्दश पनि । यि नोवेल पुरस्कार बिजेता सर्जक विश्वका एकमात्र यस्ता रचयता हुन जस्ले दुइवटा देशका लागि राष्ट्रगान लेखेका छन्, यस अर्थमा टेगोर बगंलादेश र भारत दुबैलाई जोड्ने सेतु पनि हुन् । म बगंलादेश पनि पुगें, भारत पनि बसे, दुबै ठाँउका कलाप्रेमी र शव्द पूजारीलाई मनपर्ने सर्जक हुन्, टेगोर । बच्पनमा मैले टेगोरको कावुलीवाला कथा पढे, वयस्क हुँदा नहुँदा मैले यिनको चण्डालिनी पढे र आज वयस्क जीवनको लकडाउन कोरोना त्रासका बिच बुद्धलाई सर्मपण गरिएको टेगोरको यस कविता सरल नेपालीमा अनुवाद गर्दैछु ।

तिर्न बाँकी मुल्य

यो अग्रहयन महिनाको मजाको रात थियो
( अघन या अग्रहन भनेंको मसिंर महिना हो )
शीतका थोपाहरु बाक्लै खसेका
सबै कमलका फुलहरु नाश भएका

सुन्दास, मालीको फुल पोखरीमा
शीतवाट जोगिएको एउटा कमल
टिपेर त्यस पुष्प सुन्दास, गयो राजाको सुनौलो महल

मनमा राजा भेट्ने चाह संगाली
फुलको मुल्य पाउने चाह अंगाली
देखेर फुल बाटोमा एकपल
बटुवा एक सोच्छन झलझल
यो बैमौसमी कमल किन्नेछु म
लगेर बुद्धलाई भेटमा दिनेछु म

बुद्ध जो पारी शहरमा बिराजमान छन् आजभोली
बुद्ध जो पारी शहरमा बिराजमान छन् आजभोली

एकतोला सुनको भाउ लगाई
बटुवा मन्जुर भयो त्यो मुल्य पाई
यसैसमयमा निस्किए राजा प्रसन्जीत
दरबारबाट लावालस्कर र उपहार सहित
म जाँदैछु बुद्ध भेट्न, यो फुल म लिनेछु
भन सुन्दास माली म भनेंजति मुल्य दिनेछु
बिकेको पुष्प बटुवाको पोल्टामा परि
भन्नुस राजन म अब पुष्प यहाँलाई दिँउ कसोगरि ?

राजा भन्छन्
भेट्नु छ बुद्धलाई पारी शहरमा
दिनुछ यहि फुल मेरो रहरमा
सुन लेउ १० तोला, फूल मेरो साथ होस्
बेमौसमी फुलमाथी बुद्धको हात होस्

बटुवा भन्छन्
बटुवा सुनेर राजाको कुरा
नराख्न आफ्नो चाहना अधुरा
भन्छ म अर्चिन्छु २० तोला सुनलाई
यो फुल मेरो हुनलाई

२० तोला सुन लैजाउ, बचन मेरो रहिगो
कारोवारको यो क्रममा फुल मेरो भइगो

यस बिवादका बिच अब सुन्दासलाई फेरि मन
बेच्दिन म फुल, जति दिएपनि धन
फेरेर मन गएर बगैंचा जहाँ प्रकाश छरिएको छ
बुद्धका कृपाले त्यस बगंंचामा सुन्दासको मन हरिएको छ

कमलको मुद्रामा बसेर हाँस्दै र शान्त,
प्रभु खुशीको मूर्ति हुनुहुन्छ
त्यस दृश्यबाट शान्ति वर्षा भईरहेको र उनको अनुहारबाट दया।
प्रभुलाई आँखा खालेर हेरिबसेको सुन्दास
न शव्द छ न आवाज छ, आज मौनता डुबेको सुन्दास
अब एक्कासी भुँईमा लडी
बुद्धका पाँउमा राखेर फुल
मायालु आवाजमा बुद्धको प्रश्न
के चाहन्छौं ए मेरा छोरा
भावविहल सुन्दास मधुरो आवाजमा
मलाई केहि चाहिन्न प्रभु, केवल यहाँको पैताँला मुनीको एक तोला माटो
केवल यहाँको पैताँला मुनीको एक तोला माटो

अनुवाद र परिपेक्ष्यकरण
सुयोग ढकाल


Loading comments...