नेपालका लागि बेलायतका पूर्वराजदुत रिचर्ड मोरिस बेपत्ता


हराएका रिचर्ड मोरिसको खोजी भनी बेलायतको ह्याम्पस्पेहर पुलीसको आधिकारिक साइटमा जानकारी प्रेषण गरिएको छ । रिचर्ड मोरिस, बेन्टले फोरनहामका वासिन्दा र सन् २०१५ बाट २०१९ सम्म बेलायतका तर्फवाट नेपालका राजदुत भएर नेपालमा कार्य गरेका थिए ।

मे ६ तारिखका दिन स्थानीय समयअनुसार १ बजेर ३० मिनट बिहान मर्नीङ वाकमा निस्केका रिचर्ड त्यससपश्चात देखा परेका छैनन, उन्को अवस्था अज्ञात छ । सेतो वर्णका ६ फिट अग्ला, खैरो कपाल र दारी भएका भनी उन्को हुलिया प्रहरीले उल्लेख गरेको छ, साथै उन्को अनुहारमा भएको जन्मदागको पनि हुलियामा उल्लेख गरिएको हो । फरेन र कमनवेल्थ अफिसका प्यासिफिक डिपार्टमेन्ट हेड भएर यिनले नेपाल आउनुअघि सन् २०१३ देखि सन् २०१६ सम्म कार्य गरेका थिए । यसअघि उनले सिड्नीमा ट्रेड एण्ड इन्भेस्टमेन्ट शाखाका डाइरेक्टर जनरल भइ कार्य गरेका थिए, यस अघि उन्ले सन् २००५ देखि सन् २००८ सम्म मेक्सिकोमा बेलायती दुतावासमा कार्य गरेका हुन् । बेलायती परराष्ट्रसंग अत्यन्त निकट मानिएका रिचर्ड मोरिस बेपत्ता भएको खबर असामान्य र उदेक लाग्दो छ ।

नेपाली राजनीतिका जानकार पूर्व राजदूत रिचर्ड मोरिस नेपालका पर्यटन गन्तब्यहरुका कायल थिए ।

यिनको जन्म सन् १९६७ मा भएको हो, यिनका १ छोरी र २ छोरा पनि छन् । यिनलाई लामो समयसम्म दौडने शोख रहेको बताइन्छ, दौडने अनि शारीरीक व्यायाममा रुची राख्ने रिचर्डको खोजि बेलायती प्रहरीले यथाशक्य गरिरहेको बताइन्छ ।

यिनले नेपालमा रहँदा हिमालय राजधानी नेपालको यात्राका क्रममा निकै रोचक तथ्यहरु चालपाएको र हरेक दिन उदहारणीय मान्छेहरु भेटेको बताएका थिए, मुख्यतया नेपालीहरु दैनिक चुनौतिहरुका बाबजुद पनि खुशी रहेको र हरेक चुनौतीहरु डटेर सामना गर्न सक्ने रहेको यिनले बताएका थिए । नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिस बेलायती तथा नेपालीहरुबिच ५ वर्षको कार्यकालमा दुई देशको गरिमा र सम्बन्धको इतिहासलाई कदर गर्ने सफल कूटनीतिक अनुहार भएका राजदूतका रुपमा परिचित छन् ।

यिनले आफ्नो नेपाल बसाँईका क्रममा माउण्ट एभरेष्ट म्याराथोनमा पनि भाग लिएका थिए । रिचर्ड मोरिस शिघ्र घर फर्किउन नेपालीहरुको माया ।

लाइभमाण्डु


Loading comments...