
चीनको गतिविधिविरुद्ध काठमाण्डौमा विशाल प्रदर्शन
२९ बैशाख २०७७, सोमबार २१:१८
चिनिया हस्तक्षेप विरुद्ध तथा नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधनीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ को आयोजनामा लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित विरोध प्रदर्शन गरिएको हो ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा ,वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल ,विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली ,खड्गबहादुर थापा,कृष्ण अधिकारी ,रामशरण अधिकारी ,टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।
चीनले सर्वाेच्च शिखर सगरमाथा आफ्नो भूभागमा पर्छ भनेर समाचार प्रकाशित गरेको थियो । जुलुसका क्रममा नेविसंघले चीनको विरोध सहितका नाराहरु लगाएको थियो ।
लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत