साउदी अरबमा त्रिपल भ्याट लागु


साउदी सरकारले एउटा कठो निर्णय गरेको छ, यसअनुसार देशमा तिनगुणा मुल्य अभिवृद्धि कर लगाइने र कर्मचारीहरुलाई दिइने भत्ताहरु समेत कटौति गरिदिएको छ । राज्यका अर्थमन्त्रीले सोमबार भने, कम तेलको मूल्य र कोरोनाभाइरस का कारणले उत्पन्न मन्दीले वित्तीय हिसाबले कडा परिश्रम गर्न खोजेको हो।

भत्ताहरुको प्रावधान जून १ मा निलम्बित हुनेछ, र मूल्य अभिवृद्धि कर जुलाई १ सम्म छ प्रतिशतबाट १ ज्ञछ प्रतिशतमा बढाइनेछ, अर्थमन्त्री मोहम्मद अल जडानले राज्य समाचार एजेन्सीलाई बताए । मन्त्रीका अनुसार  यी उपायहरू पीडादायी तर मध्यम र दीर्घकालीन अवधिमा वित्तीय स्थिरता कायम राख्न आवश्यक छ र कोरोनाभाइरस को वित्तिय प्रभाव सम्भावनालाई कम सम्भावित क्षतिसँग पार गर्न यि उपायहरु लागू गरिएको हो ।

सन् २०१८ मा साउदी अरेबियाका राजा सलमानले प्रत्येक राज्य कर्मचारीलाई १,००० रियाल ९४ २ठठ० मासिक भुक्तानीको आदेश दिँदै राज्यमा मुल्य अविवृद्धि कर पनि लागु गराएका थिए । डिसेम्बरमा जारी गरिएको आधिकारिक तथ्यांकका अनुसार सरकारी क्षेत्रमा करीव १५ लाख साउदी नागरीक कार्यरत छन्।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरबलाई तेलको विश्ववजारमा घट्दो मुल्यले र कोरोभाइरस प्रभावले निकै असर पारेको छ । जबकि नयाँ कोरोनाभाइरससँग लड्ने उपायहरू क्राउन प्रिन्स मोहम्मद बिन सलमान ९एमबीएस० द्वारा आरम्भ गरिएको आर्थिक सुधारको गति र तवरलाई सामान्य अवस्था नआउन्जेलसम्म रोक्न सक्ने सम्भावना छ। यस वर्षको पहिलो चौमाससकमा नै साउदी अरबले ९ बिलियन डलर घाटा खाएको रिपोर्ट छ, यताततर्फ तेलको मुल्यमा गिरावट छ भने अर्कोतर्फ गैर इन्धन क्षेत्रहरु जस्तै पर्यटन, ब्यापार लगायतमा कोरोना कहर छाएको छ ।

लाइभमाण्डु


Loading comments...