
उपत्यकामा शक्तिशाली भूकम्पको धक्का
बुधबार, ३१ बैशाख । काठ्माण्डौ उपत्यकामा राती ११ बजेर ५३ मिनेटमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । दोलखाको जुगु केन्द्रविन्दु रहेको यो ताजा धक्का 5.3 ML (५.३ लोकल म्याग्निच्युड, ५.० मोमेन्ट म्याग्निच्युड)को रहेको थियो । काठमाण्डौ उपत्यकामा आज धेरै समयपछि यत्ति शक्तिशाली भूँईचालो महशुस गरिएको हो । यो कम्पन नयाँ भूकम्प हो अथवा २०७२ वैशाख १२ को महाविनाशकारी भूकम्पकै अर्को पराकम्प हो भन्ने कुरा खुल्न सकेको छैन ।
An earthquake of ML 5.3 occurred around Jugu of Dolakha district at 23:53 @NEOCOfficial
— NSC, Nepal (@NepalNsc) May 12, 2020