स्वास्थ्य महामारीका बखत एकान्तवासलाई कसरी रमाइलो बनाउने?


नेपाल लगायत संसारभरका अधिकांश देशका करोडौँ मानिसहरू अहिले कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट जोगिन तथा रोग फैलिन नदिन घरभित्रै बन्दाबन्दी (Lockdown) पालन गरी बसिरहेका छन् ।

सर्वसाधारणले मात्र हैन चर्चित कलाकार, खेलाडी, विज्ञान प्रविधि क्षेत्रका अगुवा तथा अन्य विभिन्न क्षेत्रका हस्तीहरुले पनि एकान्तवासमा बस्दा आफूलाई सक्रिय र सन्तुष्ट राख्न विभिन्न उपायहरुको खोजि गरेका छन् ।

उनीहरूले आफूले गरेका रमाइला गतिविधिको भिडिओ पोष्टहरु सामाजिक सञ्जालमा पनि हालेका छन् ।

एकान्तवासमा खुशी मन र सक्रियता
कोरोना भाइरसको संक्रमणबाट जोगिन एकान्तवासमा रहँदा मानिसहरुले क्रियाशील हुने र रमाउने अनेक उपायहरु निकालेका छन् । नाचगान गर्ने, गतिशिल जीवन र व्यस्त दैनिकीका कारण छुटाउनु परेका आफ्ना शोखका रहरका विषयवस्तुहरु पुनः प्रारम्भ गरिएका कुराहरु अद्भूत छन् ।

मानिसहरु घरमा परिवारका साथ रहँदा धेरैवर्षपछि पुनः पेन्टिङ गर्न थालेका छन् । साहित्य फुर्न थालेको छ । सामाजिक सञ्जालमा एउटा उर्जावान विश्वसमाज आफूलाई समय दिइरहेको देखिएका छन् । आफू खुशीहुने विभिन्न रङ्गहरुमा रमाउँदैगरेको देखिन्छन् ।

मानिसहरु घरमा रमाइलो गरेको भिडियोहरु सामाजिक सञ्जालका भित्ताहरुमा भरिएका छन् । फुटबल खेलाडी, कलाकार, घरपालुवा जनावर, आमा, बाबा, दिदी बहिनी, लगभग सब चर्चित हस्तिहरु प्यारा प्यारी सब अहिले घर भित्रै छन् ।

केटकेटीले बुवा-आमालाई चिन्दैछन् । बुवा-आमालाई पनि नजिकबाट आफ्ना सन्तानका भावनासँग नजिकिने मौका मिलेको छ । सबै नकारात्मक क्षणको पाटोहरु कहाँ सबै नकारात्मक नै हुन्छ र ?

वर्तमान पुस्तामा अति लोकप्रिय टिकटक, फेसबुक जस्ता सार्वजनिक माध्यमहरुमार्फत मानिसहरु अभिनय गर्दैछन् । कसैले कठिन काम गर्ने चुनौती स्वीकारेका छन् आने कसैकसैले नया सीप सिकेका छन ।

मानिसहरु धेरैपछि घरकै भान्सामा उपलब्ध सिमित सर-सामाग्रीहरुबाट मिठा, पोषिला परिकारहरु बनाइरहेका छन् । केटकेटी बुवा-आमा घरमैं हुँदा रमाएका छन् । घरभित्रै एक्लै वा समूहमा दूरी कायम राखेर वा एक्लै भान्साको सरसफाई वा शारीरिक व्यायाम, हाँसो ठट्टाहरु सहित सबै जना आफूलाई सक्रिय राख्न केही न केही गरिरहेका छन् ।

खुशी र शान्ति खोज्न एकान्तवास र ध्यान, योगको वातावरण अहिले तपाईंको सुन्दर घरभित्रै छ, परिवारका हरेक सदस्यहरुको मुहारमैं छ । कतै नजानुस, घरमैं बसी आफूलाई अनि आफ्ना परिवारका सदस्यलाई सकारात्मक जीवन बाँच्न सिकाउनुहोस् । अभावलाई अवसरमा परिवर्तन गर्न सिकाउनुहोस् । सुरक्षित बस्नुहोस् ।


Loading comments...