
बेलायतमैं बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको खोजीकार्य जारी
२ जेष्ठ २०७७, शुक्रबार ११:३६
९ दिन देखि बेलायतमैं बेपत्ता भएका रिरिचर्डको खोजी भनी बेलायतको ह्याम्पस्पेहर पोलीसको आधिकारिक साइटमा जानकारी प्रेषण गरिएको छ । रिचर्ड मोरिस, बेन्टले फोरनहामका वासिन्दा र सन् २०१५ बाट २०१९ सम्म बेलायतका तर्फवाट नेपालका राजदुत भएर नेपालमा कार्य गरेका थिए ।
मे ६ तारिखका दिन स्थानीय समयअनुसार १ बजेर ३० मिनट बिहान मर्नीङ वाकमा निस्केका रिचर्ड त्यससपश्चात देखा परेका छैनन । उनको अवस्था अझै अज्ञात छ । सेतो वर्णका ६ फिट अग्ला, खैरो कपाल र दारी भएका भनी उनको हुलिया प्रहरीले उल्लेख गरेको छ, साथै अनुहारमा भएको जन्मदागको बारेमा समेत पनि जारी सन्देशमा उल्लेख गरिएको छ ।
प्रहरीले स्थानीयहरुलाई आफूसँग रिचर्डका जानकारीहरु केहि भए प्रहरीलाई बताउन र आआफ्नो परिसरको सिसिटिभि फुटेजमा केहि जानकारी भेटिएमा प्रहरीलाई जानकारी दिएर सहयोग गर्न समेत अपिल गरेको छ । ५२ वर्षिय रिचर्ड पछिल्ला ९ दिनदेखि बेलायतको बेन्टले क्षेत्रबाट सम्पर्कविहिन छन् । निलो लामो बाहुला भएको टप, कालो शर्टस र निलो ट्रेनर लगाएका रिचर्डलाई खोज्न स्थानीयहरु स्वयमसेवीका रुपमा पनि खटिएका छन्, प्रहरीका अनुसार प्रहरीले ब्यवसायिक खोजिदस्ता परिचालन गरेको छ र स्थानीयहरुलाई आफ्नो घर र बाहिरका ठाँउहरु पनि नियाल्न र केहि जानकारी भए बताउन अनुरोध गरेको छ ।
आ-आफ्नो टोलछिमेकमा भएका पुराना र प्रयोग नभएका घर या स्थानमा कोहि अन्जान समूह या व्यक्ति बसिरहेको भए पनि आफूले जोखिम नउठाई खबर गरिदिनुहुन भनी ह्याम्शायर प्रहरीको साइटमा उल्लेख छ । रिचर्डको जानकारी पत्ता लगाएको खण्डमा जानकारी दिन बेग्लै हटलाईन नम्बर पनि परिचालन गरिएको बताइन्छ यद्धपी ९ दिन पछि पनि उनको विषयमा कुनै ठोस जानकारी भने आएको छैन ।
यस सम्बन्धी प्रथमपटक सार्वजनिक सामाग्री पढ्नुहोस्
नेपालका लागि बेलायतका पूर्वराजदुत रिचर्ड मोरिस बेपत्ता
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन