Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार

“ए चरी” बोलको गीत मार्फत् अंकितद्वारा इरफान खानलाई साङ्गीतिक श्रद्धाञ्जली

२ जेष्ठ २०७७, शुक्रबार २३:१०

काठमाडौँ, जेठ २, २०७७ । चर्चित कलाकार इरफान खानको सम्मानमा आर्टमाण्डूले आफ्नो नयाँ गीत समर्पण गरेको छ । “ए चरी, एन ओड टु इरफान खान” बोलको उक्त गीत जेठ २ गते आर्टमाण्डूको आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको रचना अन्वेश थुलुङ्ग् राईले गरेका हुन् भने स्वर तथा संगीत अंकित बाबु अधिकारीको रहेको छ ।

आर्टमाण्डूले आज जारी गरेको प्रेस विज्ञप्तीका अनुसार गीतको शब्दले भने जस्तै इरफान खानले दुनियाँभरि करोडौं कलाप्रेमीलाई प्रेरणा दिएका छन् । र गीत सुन्दै गर्दा इरफान आफैँले समस्त कलाकारहरुलाई चरी जस्तै स्वतन्त्र उडान भर्न उत्प्रेरित गरिरहेको भान हुन्छ । गत २९ अप्रिलमा मुम्बईको कोकिलाबेन अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा दिवंगत भएका इरफान आफैँ संघर्ष गरेर बलिवुड हुँदै हलिउडसम्मको लामो यात्रा तय गर्न सफल भएका कलाकार हुन् । यस अर्थमा उनको पुरै जीवननै एक चरीको जस्तै स्वतन्त्र थियो ।

“इरफान खान मेरो जीवनमा धेरै ठुलो महत्व बोकेका कलाकार हुन् । उनको देहावसान पछि मलाई उनलाई एउटा गीत समर्पण गर्न इच्छा लाग्यो । यति कम समयमा हाम्रो मिहिनेतले यो गीत सार्वजनिक गर्न लागेका छौं । यसमा म एकदमै खुशी छु” गीतका रचनाकार थुलुङ्ग् ले भने । गीतको सङ्गीत संयोजन रोमी बस्नेतले गरेका हुन् भने कोविद बज्रको ध्वनी सम्मिश्रणमा गीत आर्टमाण्डूको आफ्नै स्टुडियोमा निर्माण भएको हो ।

यस गीतका गायक तथा सङ्गीतकार अंकित बाबु अधिकारीका थुप्रै गीत बजारमा आइसकेका छन् । उनका राम-नाम, सम्झनालाई, मायामा लगायतका गीत चर्चित छन् । अधिकारी नेपाली तारा-३ को टप ८ सम्म पुग्न सफल भएका थिए ।

आर्टमाण्डूले विगतमा पनि यस्तै अर्थपुर्ण सृजनाहरु नेपाली कला क्षेत्रमा पस्किंदै आएको छ । आर्टमाण्डूबाट निर्माण भएका केही चर्चित म्युजिक भिडियोहरुमा विपिन कार्की अभिनित “बटौली”, अंकित बाबु अधिकारीकै “सम्झनालाई” र नवीन चौहान निर्देशित “लुकिछिपी किन मायामा” पर्छन। लुकिछिपी किन मायामा बोलको गीतले गत २१ औं टुबोर्ग इमेज अवार्डमा तीन मनोनयन मध्यमा “सर्वोत्कृष्ट म्युजिक भिडियो” तथा “सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक” गरि दुई अवार्ड हात पार्न सफल भएको थियो । आर्टमाण्डू नेपाल प्रा. लि. ले गत तीन वर्ष देखि विभिन्न विधामा अडियो-भिडियो निर्माण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित