Lifestyle Portal
  •   १९ असार २०७९, आईतवार

जि.पि. कोइराला फाउण्डेसन पर्साद्वारा छपकैंयाका स्थानीयलाई २२ क्विन्टल हरियो तरकारी वितरण

२ जेष्ठ २०७७, शुक्रबार २३:५८

विश्वलाई कोरोना भाईरसले नराम्रोसंग प्रभावित गरेको छ । कोरोना भाईरसको संक्रमणले विश्वका शक्तिशाली राष्ट्र अमेरिका, युरोप, चिनका साथै अन्य साना तथा गरिब राष्ट्रहरुलाई समेत प्रभावित गरेको छ । संक्रमणको कारण विश्वभर ३ लाख बढीले ज्यान गुमाएका छन भने ४५ लाख बढीको संख्यामा संक्रमितहरु भेटिईसकेका छन (१५ मे, २०२०, राति १२ः१७ सम्म) । संक्रमित हुने र मृत्यु हुनेको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ ।

कोरोना भाईरसको संक्रमण दक्षिण एसियाका देशहरु पनि प्रभावित बन्दै गएका छन । दक्षिण एसियाली मुलुक मध्य भारत सर्वाधिक प्रभावित छ र भारतसंग सिमाना जाडिएको कारण नेपालमा पनि कोरोना भाईरस संक्रमण हुनेको संख्या बढदै गईरहेको छ ।

विश्वका वैज्ञानिकहरुले भाईरसको उपचारका लागि औषधि पत्ता लगाउन सकेका छैन्न भने विश्व सवास्थ्य संगठनका अनुसार व्यक्तिगत सरसफाई तथा समाजिक दुरि नै हाल यस रोगको उपचारहरु मध्य एक रहेको जिकिर गरेको छ ।

भारतसँग सिमाना जोडिएको नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्ज पनि कोरोना भाइरसबाट प्रभावित छ । वीरगञ्जको नारायणी अस्पतालमा यतिखेर ८५ जना संक्रमितको उपचार भईरहेको छ जस्ले गर्दा वीरगञ्ज महानगर कोरोना भाईरसको संक्रमणको उच्च जोखिममा रहेको छ ।

वीरगञ्ज महानगर उच्च जोखिममा परेपछि यहां स्थानिय प्रशासनले बैशाख ३१ गते देखि पर्सा जिल्लामा निषेधाज्ञना जारी गरेको जस कारणले वीरगञ्ज लगायत आसपासका स्थानको जनजीवन प्रभावित भएको छ ।

दैनिकि चलाउन धौ धौ पुगेको बेला आफनो समाजिक उत्तरदायित्वलाई मनन गर्दै स्व.गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगञ्ज वडा नं ३ र वडा नं १ का २ हजार घरमा हरियो साग सब्जिको व्यवस्था मिलाएको छ ।

प्रत्येक घरधुरीलाई एक हप्ता सम्म पुग्ने गरि हरियो तरकारी भिन्डी, बोडी, करैला र घिरौला ४ के.जी वितरण गर्न लागिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले जानकारी दिनुभएको छ । वीरगञ्ज महानगरपालिका छपकैंयाका मुस्लिम बाहूल्य क्षेत्र रहेकोले मुस्लिम समूदायको पवित्र पर्व रमजानलाई मध्य नजर गर्दै स्थानिय प्रशासनसँग समन्वय गरि फाउण्डेशनका अध्यक्षले आफनो घरपरिवारका सदस्यको सहयोगमा छपकैंया क्षेत्रमा हरियो तरकारी वितरण गरेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु

१४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव” पर्यटक ट्रेन जुन २१ जुन २०२२ मा भारतको