भक्तपुर क्यान्सर अस्पातल उच्च जोखिममा


आधुनिक रुपमा नर्सिङ समुदायले समाजमा गरेको उल्लेखनीय योगदान २०० वर्ष देखि विश्वभर स्मरण गर्ने गरिएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट संक्रमितको संख्या दैनिक बढ्दो छ । यो लेख तयार पार्दासम्म २५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । देशभर विभिन्न अस्पतालमा क्वारेन्टिन र आइसोलेशनको व्यवस्था गरिएको छ । अन्य मानिसहरु भयावहस्थिति भन्दै परिवारसहित घरभित्रै सुरक्षित रहिरहँदा लकडाउनको बाबजुद सम्पूर्ण स्वास्थ्यकर्मी निरन्तर आफ्नो कर्तव्यको निर्वाह गर्दै उच्च जोखिम सहित आफ्नो कार्यमा खटिइरहेका छन् । अझै पनि निजी संस्थामा नर्सहरुलाई प्रशस्त काममा लगाएर श्रम शोषण गर्ने तथा मानसिक तनाव दिने गरिएको समाचारहरु सुन्ने गरिन्छ । जुन कत्तिपनि जायज छैन ।

हाल भक्तपुर क्यान्सर अस्पातलमा रहेका स्वास्थ्यकर्मी, अत्यावश्यक मास्क र पिपिईको अभावका बाबजुद नै कोरोना विरुद्धको युद्ध लडिरहेका छन् । भक्तपुर क्यान्सर अस्पातल मा रहेका नर्सहरुलाई प्रशस्त काममा लगाएर श्रम शोषण भएको र मानसिक तनाव दिने गरिएको समाचारहरु सुन्ने गरिन्छ । यदि यी स्वास्थ्यकर्मीहरु लाई तुरुन्तै आवश्यक मास्क, पिपिई किट उपलब्ध नगराए समाज तथा राष्ट्रले ठूलो दुर्घटना व्यहोर्नु पर्ने देखिन्छ। लकडाउन भनेको “समय” पाउने मौका थियो जुन हाम्रो सरकारले आफ्नो दूरदृष्टि को कमीले गुमाइरहेको छ। यस लकडाउनको अविधी भित्र सरकारले आवश्यक स्वास्थ्य सामग्री, मास्क, पिपिइ किट को जोहो नगरे, आउने दिनहरू एकदमै डरलाग्दो र चिन्ताजनक रहेका छन्।


Loading comments...