अमेरिकामा विगतको ४६ वर्षयता खाधान्नमा सर्वाधिक मुल्यवृद्धि


अमेरिकामा ३५ मिलियन मान्छेहरु बेरोजगार छन्, कोरोना त्रासले सबैलाई त्रसित बनाएको छ र प्रायश मान्छेहरु घरभित्रै बसेका छन् । खाधान्नको मुल्यमा अप्रिल महिनामा ४ दशमलव ३ प्रतिशत बृद्धि भएको थियो, विगतको ४६ वर्षयता अमेरिकी अर्थतन्त्रले यतिको मुल्यवृद्धि कहिल्यै एकैपटक देखेको र भोगेको छैन । अमेरिकीहरुका लागि यो एउटा अर्को चुनौति हो, सन् २०७४ मा एकैपटक खाधान्नको मुल्य २ं६ प्रतिशत बढेको रेकर्ड नै यसअघिको सर्वाधिक धेरै मुल्यवृद्धिको अवस्था थियो जुन यसवर्षको रेकर्डले तोडेको छ ।

मासु, अण्डा लगायतका कुराहरुमा ४ दशमलव ३ प्रतिशत र फलफुलहरु र तरकारीमा १ दशमलव ५ प्रतिशत र अन्नहरु, मदिराजन्य कुराहरु र बेरीहरुमा २ दशमलव ९ प्रतिशत मुल्यवृद्धि भएको छ ।

आयका श्रोतहरु ठप्प भएका र भएका कामपनि गुमाएका या आधा समय मात्र काम पाएकाहरुलाई यो कठिन घडि हुनेवाला छ, वासिंगटन पोष्टमा फुड रिसर्च एउड एक्सशन सेन्टरकी पोषण शाखाकी निर्देशक गेरी हेन्चीले बताएकी छिन् ।

आगामी दिनहरुमा सामाजिक दुरी कायम का कारण र लकडाउन पछिका असरका कारणले भएका खाधान्न उत्पादन र प्रशोधन ईकाईहरुको उत्पादकत्व झनै घट्ने संभावना पनि रहेको उन्को तर्क छ ।


Loading comments...