
भारतद्वारा ३० हजार जाँच क्षमता भएको कोभिड–१९ पिसिआर टेस्ट कीट उपहार स्वरुप प्रदान
४ जेष्ठ २०७७, आईतवार १५:४८
भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले नेपाल सरकारका माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माइल्याबद्वारा उत्पादित प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गर्नुभएको छ । भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन् ।
गत वैशाख १० गते राजदूत क्वात्रामार्फत भारत सरकारले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गरिसकेको छ । औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्घ तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम जनताबीचको जारी सहकार्यलाई दर्शाउँदछ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आधिकारीक ट्वीटर ह्याण्डलबाट विशम् परिस्थितिमा अत्यावश्यक यस सहयोगका लागि भारत भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
Sincere thanks to the Government of India for providing medical logistics and testing kits for 30,000 tests which were handed over to the Ministry of Health and Population today as a part of ongoing cooperation to fight the pandemic.
— Pradeep Gyawali (@PradeepgyawaliK) May 17, 2020
२०७६ चैत्र २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको हो । भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउँदछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा