राजानन्द माण्डब्यको स्वाभिमानको गीत “सिमाना” सार्वजनिक


पछिल्लो समयमा नेपालको सीमा विवादले चर्को रुप लिएको छ । भारतले लिम्पियाधुरामा मोटर बाटो खनेपछि नेपालमा ठुलो स्वाभिमानको धक्का लागेको छ। नेपालले चाहेर पनि आफ्नो सिमाना बचाउन सकिरहेको छैन । सरकारको कुटनैतिक पहल नहुनु र छिमेकि मुलुकले निरन्तर नेपाली भुमिमा आफ्नो स्वामित्व स्थापना गर्न खोज्नुले नेपालि स्वाभिमानलाई धक्का दिन खोजेको प्रष्ट देख्न सकिन्छ ।

नेपालको सीमा बचाउन सबैलाई अनुरोध गर्दै राजानन्द माण्डब्यको शब्द तथा रचना र गायक तिलक बस्नेतको स्वरमा राष्ट्रभक्ति ले भरिपुर्ण “सिमाना” गीत सार्वजनिक गरिएको छ ।

भिडियो यहाँ हेर्नुहोस्ः

नेपालको सिमाना तथा भूभाग ब्रिटिस साम्राज्य देखि नै मिचिएको देख्न र सुन्न सकिन्छ । सन् १८१६को सुगौली सन्धि देखि नै नेपाली भुमिको र सिमाको विवाद साम्य हुन सकेको छैन । नेपालले चाहेर पनि आफ्नो सीमा आफ्नो भन्दै सिमानामा बार तथा पर्खाल लगाउने साहस गर्न सकेको छैन । नेपालको भारततर्फ सबै जसो जिल्लाका सीमा भारतले मिचेको देखिन्छ र सुनिन्छ पनि । हाल नेपालको स्थापित नक्सामा पनि कालापानी, लिपुलेक, लिम्पियाधुराको जमिन विवादित रहेकोले नेपालको नक्सामा समेत आफ्नो जमिन अट्न सकेन । हिजोको पुर्खाको योगदान र उहाँहरुको वलिदान स्मरणिय रहेको भावहरु सिमाना गीतमा छ। पछिलो समय नेपालीहरुले सिमामा भोग्नु परेको समस्या लाई यो गीतले प्रस्ट पार्न खोजेको छ ।

नेपालको सिमाना पुर्वमा टिस्टा नदि देखि सिक्किम, दार्जिलिङ्ग हुँदै पश्चिममा लिम्पियाधुरा, कुमाउ, गढवालसम्म थियो भन्ने इतिहासमा पढ्न पाइन्छ त्यसै भुमिको स्मरण गर्दै यो गीतले स्वाभिमान जगाउने प्रयास गरेको छ। यो गीतले कोहि वीर सपुत जन्मियोस जस्ले सीमामा पर्खाल लगाएर आफ्नो देशको सीमा बचाउन सकोस् भन्ने कामना गरिएको छ। वीर गोर्खालिका सन्तानले विश्व जगतमा चिनिने नेपाली आफ्नो भुमि नै मिचिदा चुपचाप बस्ने भनेको आउँदो पुस्ताले अझै पीडा भोग्नु निश्चित् प्राय छ। त्यसैले यस गीतका शब्दले देशको स्वाभिमान, पहिचान र सिमानाको रक्षार्थ सबै नेपाली एक हुनुपर्ने सन्देश दिएको छ।

“बिगत ८ बर्ष देखि नेपालको राष्ट्रीय पोशाक र झण्डाको संरक्षणमा अभियान गर्दै आएका सम्पुर्ण अभियन्ताहरुको सम्मान स्वरुप यो गीत तयार गरिएको हो । हामिलाई पूर्ण विस्वास छ राष्ट्र निर्माणमा सम्पुर्ण देशप्रेमी नागरीकले यो गीत सङ्गीतलाई न्याय गर्नुहुनेछ ।” अभियन्ता तथा यस गीतका रचनाकार राजानन्द माण्डब्यले बताउनुभयो ।


Loading comments...