Lifestyle Portal
  •   १९ असार २०७९, आईतवार

इरानद्वारा अमेरिकालाई कडा चेतावनी

५ जेष्ठ २०७७, सोमबार १०:०५

इरान र अमेरिका समबन्धको नालीवेली अनि अपडेटहरु पछिल्ला वर्षका सर्वाधिक हाइलेटेड मिडिया सामाग्री र युद्ध शंखनादका कारकहरु हुन् । गत वर्ष पनि अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी समकक्षीहरुको भनाभैरी, इरानी नाकाबन्दिका आयाम, लालसागरको तनावले उग्र रुप लिइसकेको अवस्थामा अमेरीकाले केसम्म गर्नसक्छ भन्ने उदाहरणसहित ट्रम्पले इरानलाई भद्र चेतावनी मात्र दिएर छाडेका थिए । अहिले फेरि इरानले आवाज उठाएको छ, इरानले भेनिजुएला पठाएका शिपमेन्टहरु अमेरिकीहरुले अवरोध गरेपछि इरानले कडा चेतावनी दिएको हो ।

क्यारिवियन सागरमा यूएसका वारशिपहरु छन्, यि वारशीपसँग पास भएर मात्रै इरानी शिपमेन्टहरु भेनेजुयला पुग्न पाउनेछन्, इरानमा परराष्ट्र मन्त्रीले आइतवार नै अमेरिकी नेतृत्वलाई आफ्नो इन्धन शिपमेन्टलाई बाधक बनेकोमा त्यस्तो नगर्न चेतावनी दिइसकेका छन् । ५ वटा भिमकाय इरानी तेल सप्लायार ट्याकंरहरु मिलियन डलर भन्दा धेरै लागत भएका तेलका भण्डारण बोकेर भेनेजुयला तर्फ लागेका छन् । इरानका तर्फबाट मोहम्मद जावेद जरिफले संयुक्तराष्ट्र संघलाई पत्राचार गरेका छन्, उक्त पत्र महासचिव एन्टीनो गुटिरसलाई सम्वोधन गरि लेखिएको छ ।

अमेरिकाले इरानउपर नाकाबन्धी लगाएको छ, इरानी परमाणु कदमहरुको रोकथामका लागि यसो गरेको अमेरिकी तर्क छ । भेनेजुयलाका लागि गएका इरानी शिपहरु अब के त्यहाँ पुग्नेछन् या अमेरिकी वारशीपहरुले चेकजाँच गरि उनीहरुलाई इरान नै फर्काउनेछन् या अरु नै केहि, क्यारिवियन सागरको मध्यभागमा शिघ्र यो कुराहरुको नियति थाहा हुनेछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको