नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिसको खोजि तिव्र, स्थानीयस्तरमा ड्याश क्याम फुटेजहरुको संकलन


हराएका रिचर्डको खोजी भनी बेलायतको ह्याम्पस्पेहर पोलीसको आधिकारिक साइटमा जानकारी प्रेषण गरिएको छ । रिचर्ड मोरिस, बेन्टले फोरनहामका वासिन्दा र सन् २०१५ बाट २०१९ सम्म बेलायतका तर्फवाट नेपालका राजदुत भएर नेपालमा कार्य गरेका थिए ।

मे ६ तारिखका दिन स्थानीय समयअनुसार १ बजेर ३० मिनट बिहान मर्नीगं वाकमा निस्केका रिचर्ड त्यससपश्चात देखा परेका छैनन , उन्को अवस्था अज्ञात छ । सेतो वर्णका ६ फिट अग्ला, खैरो कपाल र दारी भएका भनी उन्को हुलिया प्रहरीले उल्लेख गरेको छ, साथै उन्को अनुहारमा भएको जन्मदागको पनि हुलियामा उल्लेख गरिएको हो ।

मोरिस खोजीमा प्रहरीले गत हप्ता स्थानीयलाई आआफ्नो घरको सिसिटिभी फुटेजमा केहि भेटिएमा पठाउन अनुरोध गरेपनि केहि ठोर उपलव्धी हासिल भएन, अब प्रहरीले ड्याशक्याम फुटेज आव्हान गरेको छ ।

उनी विहानी व्यायामका लागि कुदेका सडकहरु छेउछाउ चलेका गाडीहरुमा भएको ड्याशक्याममा उनको रुट र अवस्था पत्ता लाग्ने उद्देश्यले प्रहरीले यो आव्हान गरेको हो ।

अल्टन, बेन्टली र विन्सटेडका सडकहरुमा मे ६ तारिखका दिन बिहान १० देखि बेलुका ५ सम्म गाडी लिएर गएका हरकोहीलाई आफ्नो गाडीको ड्याशक्याम चेक गर्न र मोरिसको फुटेज भएमा प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

प्रहरीले स्थानीयहरुलाई आफूसँग भएका रिचर्डका जानकारीहरु भए प्रहरीलाई बताउन र आआफ्नो परिसरको सिसिटिभि फुटेजमा जानकारी भेटिएमा प्रहरीलाई बताउन अपिल गरेको छ । ५२ वर्षिय रिचर्ड पछिल्ला ९ दिनदेखि बेलायतको बेन्टले क्षेत्रवाट सम्पर्कविहिन छन् । निलो लामो बाहुला भएको टप, कालो शर्टस र निलो ट्रेनर लगाएका रिचर्डलाई खोज्न स्थानीयहरु स्वयमसेवीका रुपमा पनि खटिएका छन्, प्रहरीका अनुसार प्रहरीले व्यवसायीक खोज समेत दल परिचालन गरेको छ र स्थानीयहरुलाई आफ्नो घर र बाहिरका ठाँउहरु पनि नियाल्न र केहि जानकारी भए बताउन अनुरोध गरेको छ । आ-आफ्नो टोलछिमेकमा भएका पुराना र प्रयोग नभएका घर या स्थानमा कोहि अन्जान समुह या व्यक्ति बसिरहेको भए पनि आफूले जोखिम नउठाई खबर गरिदिनुहुन भनी ह्याम्शायर प्रहरीको साइटमा उल्लेख छ । रिचर्डको जानकारी पत्ता लगाएको खण्डमा जानकारी दिन बेग्लै हटलाईन नम्बर पनि परिचालन गरिएको बताइन्छ यद्धपी ९ दिन पछि पनि रिचर्डका विषयमा कुनै ठोस जानकारी भने आएको छैन ।

यस सम्बन्धमा पछिल्ला अपडेटहरुः

बेलायतमैं बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको खोजीकार्य जारी

नेपालका लागि बेलायतका पूर्वराजदुत रिचर्ड मोरिस बेपत्ता


Loading comments...