
कोरोना क्राइसिसमा कृषीमा केन्द्रित गर्दै भुटान सरकार
७ जेष्ठ २०७७, बुधबार ०९:०९
भुटानले पछिल्ला वर्षहरुमा अन्य देशहरुबाट आयात गर्ने महँगा कृषी उत्पादनहरु कटौति गर्दै आत्मनिर्भर बन्ने योजना र कदमहरु चलाएपछि ति कुराहरु पुरा हुन सकेका थिएनन्, कोरोना क्राइसिसको समयलाई भुटान सरकारले कृषीमा उत्पादन र लगानीमा केन्द्रित गर्दै आत्मनिर्भर बन्ने नयाँ कदमहरु अघि सारेको छ ।
यस क्राइसिसको शुरुवात देखि नै भुटानले खाधान्न आयतलाई रोक लगाएको थियो, त्यसपछि फेरि आयात संभव भएको कारण बताइएपछि बोर्डर खुल्यो र खाधान्नहरु भुटान प्रवेश हुन थाल्यो । अन्तत मार्च २४ बाट कोरोना फैलिने संभावना जनाउ गर्दै भुटानले वोर्डर पूर्णत बन्द गर्यो र देशभित्रै उत्पादनहरुमा केन्द्रित गर्न थाल्यो । आउने ६ महिनासम्मका लागि देशभित्र चाहिने खाधान्न सरकारले स्टक राखेको भुटानी सरकारले जनताहरुलाई बताएको छ अब त्यहाँ त्यसपछिका दिनहरुका लागि आत्मनिर्भर उत्पादनहरुको खेती शुरु भइसकेको छ । भुटानको राष्ट्रिय खाना ईमा डाट्से जस्मा खोर्सानी र चीज हुन्छ त्यस परिकार खोर्सानीको अभावमा भुटानी भान्साहरुमा पाउन छाडिएको छ, ६ महिनापछि खोर्सानीमा आत्मनिर्भर भुटानले आफ्नौ देशमा उत्पादिन खोर्सानी भान्साहरुमा भित्राउने छ, कृषी शुरु भइसक्यो ।
येशे पेन्जोर भुटानका कृषी मन्त्री हुन्, उन्का अनुसार भारतबाट भारी परिमाणमा तरकारी, मासु, फलफुल र खाधान्नहरु आउन छाडेपछि भुटानी कृषकहरुलाई आत्मनिर्भर हुने नयाँ अवसर श्रृजना भएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा