यसवर्ष सगरमाथा चुचुरोमा शून्यता


यस समयमा सगरमाथामा आरोहीहरुद्वारा आरोहणका लागि ब्यापक तयारी सहित यात्रा प्रारम्भ हुनपर्ने समय हो, लाम लागेर चढ्ने आरोहीहरु, आरोहण दल, क्याम्प अनि बेसक्याम्पमा भीड हुनपर्ने थियो तर यस वर्ष अन्य सिजनभन्दा वातावरण निकै भिन्न छ ।

चिनिया मोहडाबाट केवल एउटा आरोहण दल सगरमाथा चुचुरोका लागि निक्लेको छ, उनीहरु २२ मे मा चुचुरो पुग्नेछन, नेपाल तर्फबाट यस वर्ष शून्यता छ । चुचुरोमा पुगेर, झण्डा फहराउनेहरुको ताँती यसवर्ष नएकाले सगरमाथाको चुचरोमा शुन्यता छाएको बताइन्छ । २२ मे का दिन नै नेपालका पूर्वि भागहरुमा एम्फ्यान साइक्लोनको पूर्ण प्रभाव देखिनेछ । २९ मे सन् १९५३ मा सगरमाथा आरोहणको ६७ औं वार्षिकोत्सव हो, ६७ वर्षहरुमध्य यो वर्ष सबैभन्दा धेरै र अहिलेसम्म कहिल्यै नभएको शुन्यता चुचरोमा देखिएको छ । इष्ट इण्डिया कम्पनीमा कार्यरत बेलायती सर्भेयर जर्ज एभेरेष्टका नाममा यस शिखरको अंग्रेजी नामाकरण भएको हो, कतिपयका भनाईमा यस वर्ष सगरमाथाले आराम पाएको छ । सगरमाथालाई आराम नै सहि तर यस वर्ष नै अप्रत्यक्ष रुपमा सगरमाथाको स्वामित्वमा चीनियाँ पक्षले जालझेल शुरु गरेको बताइन्छ, सगरमाथा विश्वको शिखर हो, यस धर्तिको सर्वाधिक अग्लो स्थान र यो नेपालमा पर्दछ, ध्रुवसत्य यहि हो ।

लाइभमाण्डु


Loading comments...