नेपाल सरकारद्वारा छुटेका भू-भागसहितको नेपालको नक्सा जारी


भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बुधवार नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको आधिकारिक नक्सा जारी गर्नुभएको छ ।

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले आज जारी गर्नुभएको नेपालको आधिकारीक नक्सामा अन्तर्राष्ट्रिय सीमा, नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा समेटिएको छ ।

प्रत्यक्ष प्रशारणको क्रममा यस एतिहासिक दिनको घोषणा गर्न पाउँदा गौरवानुभूतिभएको कुरा अर्यालले बताउनु भयो । साथै “नेपाली जनताको यही मर्म र भावनाको जगमा उभिएर हामीसँग उपलब्ध प्रमाण तथा एतिहासिक तथ्यले देखाएको प्रमाणको जगमा समर्पण पथमा अघि बढ्ने प्रेरणा मिलेको छ । यस बन्दाबन्दिको अवस्थामा पनि अहोरात्र खटेर आफ्नो ज्ञान सिप र प्रविधको प्रयोग गर्दै नापनक्शाका मान्यता, सिद्धान्त, अन्तरराष्ट्रिय प्रचलन देशको मौजुदा कानून, नम्स, भ्यालूज र स्ट्याण्डर्ड पालना गरी नक्सा तयार गर्ने नापी विभागका प्राविधिक तथा यस मन्त्रालय अन्तर्गतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।” भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बताउनु भयो ।


Loading comments...