Lifestyle Portal
  •   १५ फाल्गुन २०७७, शनिबार
successful people

व्यक्तिगत विकास चाहनुहुन्छ ? छोड्नै पर्छ यी ५ बानी

१५ पुष २०७५, आईतवार १५:३०

कसलाई मन हुदैन र आफु जीवनमा सफल हुन तर बिभिन्न कारण हुन्छ जसले सफलताको बाटो रोकेको हुन्छ ।  हाम्रो सफलता र व्यक्तिगत विकासका लागि कयौ यस्ता बानीहरु छन् जसलाई छोड्न आवश्यकता हुन्छ ।

आज हामी  तपाईलाई ५ यस्ता चीज र बानीको बारेमा बताउन गइरहेका छौं जुन हामीले व्यक्तित्व विकास तथा लक्ष्यप्राप्तिका लागि तत्काल छोड्न आवश्यक छ ताकि जीवनलाई सफल बनाउन सकियोस् । हुनसक्छ यसमध्ये तपाईँ कुनै चिज लिनुहुन्न तर यीमध्ये कुनै बानी तपाईँको व्यक्तित्वको हिस्सा बनेको छ भने त्यसलाई आजबाटै छोड्नुहोस ।

१. अर्काको नकरात्मक नसोंचौ
अर्काको नराम्रो गर्नु वा दुष्टताबारे रमाइलो मानेर सुन्नु हाम्रो जीवनको हिस्सा बनिरहेको हुनसक्छ । तर के तपाईँलार्इ थाहा छ नकारात्मकताको पहिलो खुड्कीलो यही हो… यो बानीले हामिलाई नकारात्मक बनाउँदै लैजान्छ । यसबाट बच्नको लागि तपाई अरुको नराम्रो कुरा पनि नसुन्नुहोस । यदि हाम्रो विचारमा नकारात्मक भए हाम्रो मार्ग र सफलताबाट भड्किन्छौ । यसबाट टाढै रहन तपाई यस्ता मानिसबाट टाढै रहनु राम्रो हुनेछ ।

२.आफुलाई अर्कोसँग तुलना नगरौं
प्राय मानिस  आफ्नो तुलना अर्कोसँग गरेर दुखि हुने गर्दछन् । मानिस आफ्नो  दुःखबाट भन्दा अरुको खुशीबाट जल्दछ र अझ दुखि बन्दछ । तर यो बानीले हामिलाई कहिले माथि उठ्न दिंदैन र यस्तोमा हामि आफ्नो क्षमतामाथि पनि ध्यान दिंदैनौ र सफलताबाट टाढिंदैजान्छौ । यदि कुनै व्यक्ति सुखि र सफल छ भने त्यो उसको क्षमता हो । उसलाई आफुसँग तुलना गर्नु व्यर्थ हो । यसभन्दा राम्रो हामि आफ्नो काम र कार्य कुशलतामा ध्यान दिअौं र आफूमा भएका कमी कमजोरीहरु हटाउनका लागि भरमग्दूर कोशिश गरौं ताकि हामीमा एक सकारात्मक ऊर्जा पैदा होस र हामी सफलताको मार्गतर्फ अघि बढ्नसकौं ।

३. अरुमाथिको निर्भरता
कयौं मानिसहरु अरु माथिको निर्भरताले  सफल हुन सक्दैनन् ।  हामि जबसम्म अन्यमाथि निर्भर रहन्छौ तबसम्म सफल हुन सक्देनौ । यसको लागि आफै जिम्मेवार बन्नुहोस् र आत्मनिर्भर बनेर  आफ्नो काम आफै गर्नुहोस् यसले तपाई सफल हुनुहुनेछ र अनुभव पनि प्राईत गर्नुहुनेछ । आफ्नो लक्ष्य निर्धारित गर्नुस् र अन्यको मद्दतको आशा नराख्नुहोस, त्यसलाई पाउने प्रयास गर्नुहोस । अर्काप्रतिको निर्भरताले हाम्रो कायरता र असक्षमतालाई  दर्शाउँदछ ।

४. बितेको समयसँग अफसोस नगरौं
असफलता र  गलति सबैबाट हुन्छ । तर  जुन बिति सक्यो त्यसमा अफसोच गर्नाले हामि समयलाई व्यर्थ बनाउँदछौ । यसोगर्नाले  न त हामि आज जित्न सक्छौं  न त भविष्यकोबारेमा कुनै सहि निर्णय लिन सक्छौं । बितिसकेको कुरामा अफसोच गर्नुभन्दा राम्रो यो हुन्छ की हामि त्यसबाट पाठ सिकौं र आफूलाई सुधारेर  भविष्यको बारेमा  सोंचौ   ताकि  एक आकर्षक भविष्यको निर्माण गर्न  सकियोस । बितेको कुराको याद गरेर दुखि हुँदा हाम्रो जीवन, निराशा र नकारात्मकताले  भरिन्छ । जुन कुराले हामिलाई कहिले सफल हुन दिंदैन र भविष्यको बारेमा निर्णय लिन नसकस्ने बनाउँदैलैजान्छ ।

५. अफ्नो लक्ष्यमा  केन्द्रित रहौं
सफल हुन एउटा लक्ष्यको आवश्यकता हुन्छ ।  त्योभन्दा पनि तपाईँ आफ्नो लक्ष्यमा केन्द्रित भइरहनु अर्को महत्वपुर्ण कुरा हो । तपाईँले जुन लक्ष्य निर्धारित गर्नु भएकोछ त्यसलाई नपाएसम्म  आफ्नो लक्षयको बारेमा  सोंच्नुहोस् र त्यसलाई पुरा गर्नमैं केन्द्रित हुनुहोस् । किनकि यदि तपाईँले दोस्रो कुरामा वा बीचमा आउने बाधा व्यवधानबाट ध्यान भट्काए तपाईँ आफ्नो लक्ष्यबाट विचलित हुनुहुनेछ र तपाई  हताश हुनथाल्नुहुनेछ । जसले तपाईँलाई तपाईँको लक्ष्यबाट टाढा गर्नसक्नेछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

मानिसको व्यक्तित्वमा उसको अनुहारको ठुलो भूमिका हुने गर्दछ । झट्ट हेर्दा सफा, राम्रो र चम्किलो अनुहारले सबैलाई प्रभावित पार्दछ ।

वासिंटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना आफूलाई निकालिदिएदेखि ट्‌विटर अत्यन्तै ‘बोरिङ’ भएको र यसले लाखौँ प्रयोगकर्ता गुमाइसकेको बताएका

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । पीएसएल खेल्न सन्दीप

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले गैरकानुनी काममा संलग्न नहुन काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई चेतावनी दिनुभएको छ ।