अपडेटः पूर्व राजदूत रिचर्ड मोरिस खोजिका लागि मोर्निङवाकमा निस्किएका अन्यसँग बयान संकलन


हराएका रिचर्डको खोजी भनी बेलायतको ह्याम्पस्पेहर पुलीसको आधिकारिक साइटमा जानकारी प्रेषण गरिएको छ । रिचर्ड मोरिस, बेन्टले फोरनहामका वासिन्दा र सन् २०१५ बाट २०१९ सम्म बेलायतका तर्फवाट नेपालका राजदूत भएर नेपालमा कार्य गरेका थिए ।

मे ६ तारिखका दिन स्थानीय समयअनुसार १ बजेर ३० मिनट बिहान मर्नीङ वाकमा निस्केका रिचर्ड त्यससपश्चात देखा परेका छैनन, उनको अवस्था अज्ञात छ । सेतो वर्णका ६ फिट अग्ला, खैरो कपाल र दारी भएका भनी उनको हुलिया प्रहरीले उल्लेख गरेको छ । साथै उनको अनुहारमा भएको जन्मदागको पनि हुलियामा उल्लेख गरिएको हो ।

प्रहरीको पछिल्लो अपडेट अनुसार चाँही उक्त दिन त्यस क्षेत्रमा दौडिरहेका व्यक्तिहरुसँग जानकारी लिँदा मोरिस दौडिरहेको देखेका मान्छे अनि फुटेजहरु पनि केहि संकलन भएको खबर छ, अब संकलित ति तमाम तथ्यहरुलाई थप अनुसन्धान गरिने प्रहरीको भनाई छ ।

मोरिस खोजीमा प्रहरीले गत हप्ता स्थानीयलाई आआफ्नो घरको सिसिटिभी फुटेजमा केहि भेटिएमा पठाउन अनुरोध गरेपनि केहि ठोर उपलव्धी हासिल भएन, अब प्रहरीले ड्याशक्याम फुटेज आव्हान गरेको थियो, उक्त आव्हान अनुरुप आवश्यक फुटेजहरु नपाइएकाले त्यस दिन उयक्त क्षेत्रमा दौडिरहेका धावकहरुलाई वयान लिइएको हो ।

उनी कुदेका सडकहरु छेउछाउ चलेका गाडीहरुमा भएको ड्याशक्याममा उन्को रुट र अवस्था पत्ता लाग्ने उदेश्यले प्रहरीले यो आव्हान गरेको थियो ।
अल्टन, बेन्टली र विन्सटेडका सडकहरुमा मे ६ तारिखका दिन बिहान १० देखि बेलुका ५ सम्म गाडी लिएर गएका हरकोहीलाई आफ्नो गाडीको ड्याशक्याम चेक गर्न र मोरिसको फुटेज भएमा त्यसलाई प्रहरीसमक्ष प्रवाह गरिन आग्रह गरिएको छ ।

प्रहरीले स्थानीयहरुलाई आफूसंग रिचर्डका जानकारीहरु केहि भए प्रहरीलाई बताउन र आ-आफ्नो परिसरको सिसिटिभि फुटेजमा केहि जानकारी भेटिएमा प्रहरीलाई बताउन अपिल गरेको छ । ५२ वर्षिय रिचर्ड पछिल्ला ९ दिनदेखि बेलायतको बेन्टले क्षेत्रवाट सम्पर्कविहिन छन् । निलो लामो बाहुला भएको टप, कालो शर्टस र निलो ट्रेनर लगाएका रिचर्डलाई खोज्न स्थानीयहरु स्वयमसेवीका रुपमा पनि खटिएका छन्, प्रहरीका अनुसार प्रहरीले ब्यवसाहीक खोज दल परिचालन गरेको छ र स्थानीयहरुलाई आफ्नो घर र बाहिरका ठाँउहरु पनि नियाल्न र केहि जानकारी भए बताउन अनुरोध गरेको छ । अआफ्नो टोलछिमेकमा भएका पुराना र प्रयोग नभएका घर या स्थानमा कोहि अन्जान समुह या व्यक्ति बसिरहेको भए पनि आफूले जोखिम नउठाई खबर गरिदिनुहुन भनी ह्याम्शायर प्रहरीको साइटमा उल्लेख छ । रिचर्डको जानकारी पत्ता लगाएको खण्डमा जानकारी दिन बेग्लै हटलाईन नम्बर पनि परिचालन गरिएको बताइन्छ यद्धपी ९ दिन पछि पनि रिचर्डका विषयमा कुनै ठोस जानकारी भने आएको छैन ।

यस सम्बन्धी अघिल्ला सामाग्रीहरुः

नेपालका लागि बेलायतका पूर्वराजदुत रिचर्ड मोरिस बेपत्ता

बेलायतमैं बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको खोजीकार्य जारी

नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिसको खोजि तिव्र, स्थानीयस्तरमा ड्याश क्याम फुटेजहरुको संकलन


Loading comments...