पाकिस्तान विमान दूर्घट्नाबाट बाँचेकाको बयान


मार्च २२ सन् २०२०, सारा विश्व कोरोना त्रासमा लकडाउनमा भएको बेलामा आफ्नो घर फर्कँदै गरेका पाकिस्तानीहरुको भयानक जहाज दुर्घटनामा मृत्यु भयो, ९७ जनाको ज्यान जाने गरि भएको दुर्घटनामा एयरबस ३२० कराँचीको बस्तीमा खसेको थियो, यस दुर्घटनाका २ जना जिवित यात्रुहरु छन्, उनीहरुको वयान यहाँ प्रस्तुत छ ।

दुबैजनाका अनुसार कराँचीमा दोश्रो अवतरण क्रममा उक्त जहाज खसेको हो, आगोको लप्कोले जहाजलाई छोपेपछि यि २ यात्रुहरु बसैगरि उम्किन सफल भए ।

मुहम्मद जुवेर इन्जिनियर हुन्, जहाजलाई आगोको लप्कोले छोपेपछि सबैतिर धुँवा मात्र भरियो, उन्ले जिओ न्यूजलाई दिएको वयानमा जहाजमा केवल अँध्यारोमात्र छाएको र मान्छेहरुको चिच्याहट, बच्चाहरु रोएको मात्र सुनिएको तर कसैको अनुहार या शरीर भनें नदेखेको उन्को भनाँई छ ।

मैले बेल्ट खोले, अगाडि मसिनो उज्यालो देखे, त्यसतर्फ जाँदा मैले १० फिट जति हाम्फालेर उत्रिएँ, उन्को भनाईमा उल्लेख छ ।

बैंक अफ पन्जाबका कर्मचारी जफर मसुद पनि त्यहि जहाजमा थिए, मुहम्मदले झैं यिनले पनि मृत्युलाई छल्न सफल भए । कराँचीको सिभिल अस्पतालबाट उन्को भनाई उद्धृत गरिएको समाचारमा पहिलो अवतरणको असफलता पछि दोश्रो अवतरण १० मिनट पछि गरिएको हो, दोश्रो अवतरण गर्ने प्रयास घोषणा गरेका पाइलटको आवाज त्यसपछि सधैका लागि बन्द भयो । जहाज अवतरण अप्रोचका क्रममा दुर्घटनाग्रस्त भयो, जहाजको फ्यूसेलाज भनेको त्यसमा मान्छेहरु रहने भाग या शरीर भन्ने बुझिन्छ, पीके८३०३ को फ्यूसेलाज एउटा बिशाल भवनमा ठोक्कीन पुगेको थियो । स्थानीय समयअनुसार २ बजेर ४५ मिनट दिँउसोमा दुर्घटनाग्रस्त क्षेत्रबाट केवल धुँवा अनि आगाका लप्काहरु आइरहेका थिए । जहाजमा सवार ९७ जनाको मृत्यु भएको हो, रमादानको उत्सर्ग पाकिस्तानमा खल्लो बनाएको यस दुर्घटनाले विश्वलाई नै रुवाएको छ । दुर्घटनालाई प्रत्यक्ष देखेका मान्छेहरुका अनुसार जहाजले पहिले मोबाइल टावरलाई हानेको अनि भवनहरुमा ठोक्किँदै झरेको बताएका छन् ।

लाहौरबाट कराँचीका लागि ८ जना यात्रुदल र ९१ जना यात्रुसहित उडेको जहाजको त्यस उडान अन्तिम उडान भएको हो । दुर्घटनाको केहि सेकेण्डमात्र अगाडि पाइलटले जआजका दुबै इन्जिन र अन्य कन्टा्रेलहरु आफूले गुमाएको बताएका थिए, पछि जहाजको ककपीटबाट मे डे मे डे भनेको आवाज मात्र आयो, अन्तत जहाज खस्यो । मे डे उड्ययनमा जहाज खस्नु अगाडि अन्तिम शीवका रुपमा लिइन्छ, चालकदलले आफ्नो कठिनाई र अनियन्त्रण जनाउ गर्न मे डे को शव्दावली प्रयोग गर्दछन् ।

लाइभमाण्डु


Loading comments...