ढकाल थर कसरी रहन गयो ?? थाहा पाउन यो पढ्नुस् ।


जय बन्धुहरु,

मैले सुनेका कुराहरु तपाईं समक्ष प्रस्तुत गर्दै छु। तपाईंहरु आफैं विद्वान हुनुहुन्छ।

२०४१ साल फागुन महिना तिर म पशुपतिनाथ गएको थिएँ । त्यति बेला बद्रीनाथ तिरका २ जना पण्डा पशुपति दर्शन गर्न आएका रहेछन् । त्यति बेला उहाँहरुसँग भेट्घाट भयो। उहाँहरु पनि ढकाल हुनुहुदो रहेछ। मलाइ ढकालको इतिहास बताउनुभयो । त्यो यस प्रकार रहेको छ ।

उपमन्यु ऋषिको बास स्थान जोशिमोठको आसपासमा रहेछ। त्यहाँ आसपास ४/५ ढकाल गाउँ रहेछ। उनीहरुको नाम देवपाल र सुनिलदत्त रहेछ । म सँग २ घन्टा जति संवाद भयो । मैले उहाँहरुसँग विविध प्रश्न गरे ।

१. ढकाल कसरी भयो ?

देवपाल : जब महाभारत को युद्ध सकिएर पान्डवहरु उत्तराखण्ड तिर लागे। उपमन्यु ऋषिको नजिक बसोबास गरे। उपमन्यु ऋषिले मानशरोवरमा महादेवको तपस्या गरेका रहेछन् । महादेवले कपिल गाई दिएर वरदान दिएका रहेछन् । उपमन्यु ऋषि महादेवका भक्त रहेछ्न । बद्रीकेदार मन्दिर पनि पान्डव हरुले नै बनाएका रहेछन् । उपमन्यु गोत्र भएका मानिसहरु त्रिप्रवर हुन्छ्न। तिनै दाजु भाइका सन्तानहरु माद्री लाइ दिक्षा मन्त्र दिएकोले मैनाली लेख्न थाले। पान्डु राजालाई दिक्षा मन्त्र दिएकोले पाण्डे लेख्न थाले। पण्डवहरुले बद्रीका पुजारी उपमन्युलाइ राखेर स्वर्ग गए। ढकाल लाई बद्रीनाथ मन्दिरको ढोकामा राखेर उपमन्युले सधैं पुजा गर्थे।

द्वारपाल बाट ढकाल थर हुन गयो।

पण्डा सुनिलदत्त र देवपालको भनाइबाट
[२०४१ फागुन २४ को सम्बाद]

पछी योगि नरहरिनाथ कहाँ हाम्रा आदरणीय दाई यादव प्रसाद पाण्डेले एक दिन मृगस्थली लगेर जानु भएको थियो। दाईले नै योगी नरहरिसँग परिचय गराउन भयो। ढकाल र पाण्डेहरुको कुरा छोटकरीमा भन्नुभयो। ढकाल, पाण्डे शाह वंशका योद्धा ज्योतिष पण्डित ब्राह्मणहरु हुन।

जोशिमोठ हाल भारत हरियाणा देहरादूनबाट शाह वंश सँगै नेपालको बझाङ जिल्लामा पहिलो राज्य विस्तार गरेका हुन।

त्यहाँबाट लमजुङ्गका गुरुङ राजालाई हराई यशोब्रह्म शाहले शाहवंश स्थापना गरेका हुन् । साथै गोरखाको लिगलिग दौड मा घले राजालाई हराई द्रव्य शाहले राज्य स्थापना गरेका हुन् । ढकाल, पाण्डे, बस्नेत , कुँवर , अर्याल , खरेल , वैद्य, भानु जैसी ढकाल, गोरखाका राजा रामशाहका भारदार हुन्।

बसन्त कुमार ढकाल

Loading comments...