नेपाल पर्यटन बोर्डद्वारा आयोजित फोटो प्रतियोगिता अन्तिम हप्तामा


लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी हुन अब एक हप्ताको समय बाँकि रहेको छ । हालसम्म ५ सय भन्दा बढी तस्बिरहरु प्राप्त भइसकेको छ ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिनेछ ।

सहभागीहरुले आगामी जेष्ठ १८ सम्म फोटोहरु पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘उत्साहजनक सहभागिताले नेपालका विविधता सशक्त रुपमा प्रस्तुत गरिरहेको र अब बाँकि एक हप्तामा सहभागिताको संख्याले अर्को चरण पार गर्नेछ ’ बताउनुभयो ।

सहभागीता सम्बन्धमा जानकारी https://photonepal.travel/blog/nepal-from-your-window लिङ्क मा रहेको छ । जेष्ठ १९ देखि असार १ सम्म मन परेको भोट गर्न सकिनेछ । यसका लागि https://photonepal.travel मा गएर मन परेको फोटो लाइक गर्न सकिन्छ । भोटिङ्ग पश्चात विज्ञ सम्मिलित टोलीको निर्णायक समितिले विजेताहरुको घोषणा गर्नेछ ।

नेपाल पर्यटन बोर्ड
प्रेस बिज्ञप्ती
२०७७ जेष्ठ १८


Loading comments...