जर्मनको चर्चभित्र ईस्लाम प्रार्थना गरिने


ईद आइपुगेको छ, रमादान महिनाको अन्त संगै ईदको चन्द्रमाले विश्वभर ईको उजागर त गरेको हो तर लकडाउन, त्रास अनि सामाजिक दुरिका कारण यसवर्ष सामुहिक प्रार्थना र तिर्थाटनमा ब्यापक असर परेको छ ।

जर्मन वर्लिनको न्यू कोलिन जिल्लामा दर अस्लम मस्जिद छ त्यहाँ सयौ संख्यामा ईस्लाम धर्मावलम्वीहरु जान्छन् तर यसवर्ष सामाजिक दुरीको कायम गर्नुपर्ने भएकाले उक्त मस्जिदले सबै आएका भक्तालुहरुलाई प्रार्थना सभा दिन नसक्ने र स्थान नपुग्ने भएको थियो । त्यहिँ छेउको मार्था लुथरन चर्चले यसवखत मुसलमान धर्मावलम्वीहरुलाई प्रार्थनार्थ आफ्नो ठाँउ दिने भएको छ भने यसबखत चर्चमा अरबीक र जर्मन भाषामा ईस्लाम प्रार्थना पनि होस्ट गरिदिने भएको छ । मस्जिदका ईमाम मोहम्मद ताहा साब्रीले यो विश्वका लागि नै अनुपम उदहारण हो, हामीलाई चर्चका साथीहरु आएर तिमीहरुलाई ठाँउ नपुगे हाम्रो स्थान प्रयोग गर भनेर भनेका हुन् भनी बताएका छन् । चर्चकी पास्टर मोनिका म्याथियासको पनि यस्तै भनाई छ, म स्वयम मुसलमान प्रार्थनामा गएँ, त्यहाँ गएर आफ्नो धर्म अनुसारको कुरा र प्रार्थना गरे, उनीहरुलाई सहयोग गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो ।

उन्का अनुसार कोरोना भाइरसका विषम परिस्थितीमा गरिएको यो साझेदारी सामुदायकि निर्णय हो ।

लाइभमाण्डु


Loading comments...