
भारतीय दूतावासले ईण्डोनेशीयाबाट नेपाली बिद्यार्थीको उद्धार गर्यो
इण्डोनेशीयामा अध्ययनरत् रत्ननगर, चितवनकी सेविका ढकाललाई भारत सरकारले उद्धार गरेर भारत ल्याएको खबरलाई आज यहाँ प्रस्तुत गर्दैछौं ।
नेपालभारत सम्बन्धको आधारशिलामा अहिले सीमाविवाद चुलिएको छ । यद्धपी केहि यस्ता उदाहरणहरु छन् जहाँ नेपालले खुल्ला दिलले भारतलाई सहयोग गरेको छ । चाहे त्यो भारतीयहरुलाई नेपालमा एन्टी रेट्रल भाइरसको निशुल्क उपलव्धता होस् या बिप्पा संझौता नै होस्, उता भारतले पनि नेपालीपक्ष अनि जनताका हितमा कामै नगरेको हैन ।
यस्तै एउटा घटना घटेको छ, भारतको महर्षि मार्कण्डेय विश्वविधालय हरियाणामा नेपालकी चेली सेविका बिबिए अध्यनरत रहँदा बिद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत आफ्नो विश्वविधालयलाई प्रतिनिधित्व गर्दै ईण्डोनेशीयाको एरिलंगा विश्वविधालय पुगिन्, उनी त्यहाँ ३ महिना बस्नुपर्ने थियो ।
Shevika Dakal, a Nepali student of BBA, in Maharishi Markandey Uni, was in Indonesia as part of an exchange program with Airlangga Uni. She left for India by AI 1039. She is thankful to the GOI for the #VandeBharatMission
Thanks to @MoCA_GOI @MoHFW_India @DDNewslive @MEAIndia pic.twitter.com/Ehig6U1yKQ— India in Indonesia (@IndianEmbJkt) May 22, 2020
कोरोना महामारीको लकडाउनका कारणले आकस्मीक रुपमा सबै बिद्यार्थीहरुलाई भारत फिर्ता ल्याइनुपर्ने भयो, अब फिर्ता ल्याँउदा भारतीय बिद्यार्थीहरुलाई राजदुतावासले कागजपत्र मिलाएर ल्याउने तयारी गर्ने आह्वान गर्यो । यता तिर सेविकालाई भने आफू भारतीय नभएका कारणले छुटिएला भन्ने त्रास थियो । भारतले आफ्नो नागरिकलाई देश फिर्ता ल्याउनका लागि विमान चार्टर गरिसकेको थियो । तर त्यो केवल भारतीय नागरिकको लागि मात्र थियो । ढकालको लागि उक्त विमानमा फर्कने सम्भावना अत्यन्तै न्यून थियो ।
यद्धपि, भारतीय नागरिकको उद्धारको लागि चार्टड भएको विमानमा उनको लागि पनि ठाउँ रहेको दुतावासले आश्वासन दिइनै रहेको थियो । उनलाई दुतावासले नआत्तिनको लागि पनि आग्रह गरेको थियो ।
ढकालले पनि आफूले भयाएसम्म हरेक प्रयास गरिन् । नेपाल सरकारसँग कुरा गरिन् । नेपाल सरकारले भारत सरकारसँग कुरा गर्र्यो र भारतसरकारले इन्डोनेशियामा रहेको भारतीय दुतावाससँग कुरा गरेर उनको मद्दत गर्र्यो ।
यद्धपी दुतावासले यिनलाई पनि अन्य भारतीय बिद्यार्थीहरु झै उद्धार गरेर सकूशल ल्याएको हो । सेविकाको छोटो भिडियो ट्वीटरमा पोष्ट गरिएको छ ।
उनको उद्धारमा नेपाली र भारतीय दुबै सरकारको संयोजनलाई प्रशंशा गर्दै सेविकाले भारतीय दूतावासलाई इण्डोनेशीयास्थित भारतीय दूतावासको आधिकारीक ट्वीटर ह्याण्डलबाट धन्यवाद दिएकी छिन् । कठिन अवस्थामा आफ्नो हिम्मत नै सबैभन्दा ठूलो साथी हुने सेविकाले बताइन् ।
चितवनकी सेविका ढकाल महर्षि मार्कंडेय विश्वविद्यालयमा बीबीए गर्दै गर्दा इन्डोनेशिया एयरलान्गा विश्वविद्यालयको साथ आदानप्रदान कार्यक्रमको भाग लिन् पुगिन् ।
डेढ वर्षको पढाईपछि उनी उनको विभागको अन्य दुई साथीसँग आदानप्रदान कार्यक्रममा पुगेकी थिइन् । ढकाल तीन महिनाको लागि इन्डोनेशिया पुगेकी हुन् ।
कोरोना भाइरसको कारण विश्व नै त्रसित भइरहेकाबीच विश्वविद्यालय फर्कने विकल्प बाहेक अन्य केही नभएकाबीच लकडाउनका कारण अलपत्रको अवस्था सिर्जना भयो । नेपालमा पनि सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण स्वदेश फर्कनको लागि सम्भव रहेन ।
उनले अप्ठेरो परिस्थितीमा पनि हिम्मत राख्नको लागि आग्रह गरेकी छन् । उनी भन्छिन्– ‘तपाईको सबै भन्दा ठूलो साथी नै हिम्मत हो । मेरो हिम्मत दुतावास पनि बन्यो ।’
सहयोग गरेकोमा उनले भारतीय दुतावासलाई धन्यवाद दिएकी छन् । साथै उनले नेपाल सरकार प्रति पनि आभारी छन् । उनी एआई १०३९ विमान बाट भारत फर्किएकी हुन् ।
ढकाल बाहेक भारतले अन्य तीन नेपालीलाई पनि उद्धार गरेको छ । अर्जुन प्रसाद तिमिल्सना, विश्व तिमिल्सना र मुक्ति प्रसाद तिमिल्सना AI-301 SYD-DEL-AMD को विमानमा बाट फर्किएको बताइएको छ ।
उनीहरूको उद्धारको लागि नेपाल दूतावासले अनुरोध गरेको थियो। बोन म्यारो प्रत्यारोपणको कारण दूतावासले सहयोगको अपिल गरेको बताइएको छ ।
बिरामी, उसको भाई (दाता) र बुबा (हेरचाहकर्ता) लाई सिधै दिल्लीको बिकेएल अस्पतालमा लगिएको छ भने बिरामीबाहेक अन्य दुई पनि अस्पतालमा नै क्वारेन्टाइनमा रहेका छन् ।
कोरोनाकोसबै परीक्षको नतिजा नेगेटिभ आइसकेपछि दूतावासले उडानको लागि फिट रहेको भन्दै स्थानीय अस्पतालको स्वीकृति पत्रको साथ भारत सरकालाई अनुरोध गरेको थियो ।