भारतीय अस्पतालहरुमा घुँईचो, कोरोना केसहरुमा बृद्धि


सम्पूर्ण भारतभरिमा सर्वाधिक धेरै कोरोना केसहरु मुम्बईमा पाइएको छ, त्यहाँका अस्पतालहरुमा थामिनसक्नु घुँईचो शुरु भएको छ ।
मनित पारिख मुम्बईका वासिन्दा हुन्, यिनकी आमालाई कोरोना पोजिटिभ देखिएपछि मुम्बईको लिलावती अस्पताल लगियो, तर अस्पतालले कुनै पनि सघन उपचार कक्षका बेडहरु खाली नभएको बताएर फर्काइदियो । त्यसपछि दर्जनौं अस्पतालमा फोन गरेपछि बल्लतल्ल मनितले बम्बई अस्पतालमा एउटा बेड पाए, त्यसपछि भोलीपल्ट नै मनितका ९२ वर्षिय हजुरबुवालाई पनि श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालको सघन कक्ष खोजि गरियो, बल्ल तल्ल शहरको ब्रिच क्याण्डी अस्पतालमा लगियो तर त्यहाँ बेड नै पाइएन ।
मनितले रुइटरस्लाई बताएअनुसार उन्का परिवारजनले अस्पताल प्रशासनसमक्ष लाख गुहार मागे तर बेड पाइएन, मधुमेहका बिरामी उन्का हजुरबुवाको भोलीपल्टै श्वाँसप्रश्वाँस समस्याले मृत्यु भयो, यिनमा पनि कोरोना पोजिटिभ पाइएको थियो । मेरो हजुरबुवाको मृत्यु उपचार ढिलाई ले भएको हो, मनितले बताए ।

विश्वको नै दोश्रो सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतमा हरेक १३ दिनमा कोरोना पोजिटिभको संख्या दोव्बर भइरहेको तथ्याकंले देखाँउदछ, भ्रमर मुर्खजी यूनिभर्सिटी अफ मिहिगनका महामारी शाखाका चिफ हुन्, यिनका अनुसार भारतको कोरोना संक्रमण संख्या जुलाई सम्ममा ६३ लाख देखि २ कारोड १० लाख सम्म पुग्नसक्ने अनुमान छ । भारतमा निजि अस्पतालहरुको बढ्दो संख्या र बजार भएपनि कोरोनाका केसमा निजि अस्पतालहरुको सेवामा कमी र बिरामीहरुको उपचारमा उदासिनता पाइएको सर्वत्र गुनासो छ ।
यसका साथै सरकारी र निजि दुबै अस्पतालहरुमा कार्यरत स्वास्थकर्मीहरुले राजिनामा दिने क्रम पनि भारतमा बढ्दो छ ।

लाइभमाण्डु


Loading comments...