
पत्रकार खग्गोशीका हत्यारा सार्वजनिक गर्न ट्रम्पलाई दबाब
१६ जेष्ठ २०७७, शुक्रबार ०८:१९
अमेरिकाका डेमोक्रेटीक पार्टीका सासंदहरुले राष्ट्रपति ट्रम्पलाई साउदी मुलका अमेरिकी पत्रकार जमाल खग्गोशीको टर्कीमा भएको रहस्मयी र बिभत्स हत्या पछाडिका हत्यारा पत्ता लगाउन दबाब दिइरहेका छन् । संयुक्त राष्ट्र संघीय प्रतिवेदनले त स्पष्ट प्रमाणका कारण साउदीका राजकुमार मोहम्मद विन सल्मान खग्गोशीको हत्यामा संलग्न रहेको हुनसक्ने प्रतिवेदन नै सार्वजनिक गरिसकेको छ । उता सिआइए र टर्कीको इन्टेलीजेन्सले पनि यस्तै निष्कर्ष निकालिसकेको छ ।
The decision by the sons of murdered Saudi journalist Jamal Khashoggi to “forgive” their father’s killers was just another step in Saudi Arabia’s “parody of justice”, said UN expert Agnes Callamard. https://t.co/KCt52gYQL3
— The New Arab (@The_NewArab) May 22, 2020
अहिले अमेरिकी सांसदहरु यी प्रतिवेदनहरुको सार्वजनिकीकरणका लागि सुनुवाई गर्दै छन्, ५९ वर्षका खग्गोशी वासिंगटन पोष्टका स्तम्भकार र साउदी राजकुमारका प्रखर बिरोधी थिए । रियादले भने खग्गोशीको हत्यालाई रोग प्रकरण भन्दै यस विषयमा कुनै पनि जानकारी दिन या जिम्मेवारी लिन असहमती जनाएको छ । एकहप्ता अघि खग्गोशीका दुई छोराहरुले संकेतात्मक रुपमा पिताको हत्यारा पत्ता नलगाउन सकेको बिरोधमा पिताका हत्यारालाई सार्वजनिक माफी दिएको अभिव्यक्ति दिएका थिए, अन्तराष्ट्रिय न्यायका जानकारहरुले यस्लाई न्यायको प्यारोडी भनेका छन् ।
खग्गोशीलाई जनावर झैं वली दिइएको थियो ~ साउदी राजकुमारका अगंरक्षकको वयान
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित
भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास