Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

‘अब जनता बोल्छन्’ कार्यक्रम आउँदै

१७ जेष्ठ २०७७, शनिबार ००:३८

काठमाडाैं । पब्लिक न्युज एजेन्सीले ‘अब जनता बोल्छन्’ नामक कार्यक्रम ल्याउने भएको छ । बिशेष गरी कोरोना महामारीलाई मध्यनजर गर्दै ल्याउन लागिएको उक्त कार्यक्रममा आम जनताले भोग्दै आएका सबै प्रकारका अप्ठ्याराहरुलाई समेत समेट्ने छ । नागरिकले भोग्दै आएका झिना मसिना समस्याहरु सबै मिडियाको पँहुचमा नपुग्ने र आम मिडियाहरुले ठूला बिषयहरु मात्रै समेट्ने गरेको भन्दै पब्लिक न्युज एजेन्सीले यस्तो कार्यक्रम ल्याउन लागेको हो ।

कार्यक्रमले जनताका गुनासा, समस्याहरु राज्यसमक्ष पुर्याउने उदेश्य राखेको छ । कोरोना महामारीका क्रममा नागरिकले भोग्दै आएको पीडाबारे पब्लिक न्युजको आधिकारीक फेसबुक पेज https://www.facebook.com/PublicNewsAgency मा म्यासेन्जरबाट अथवा www.wetransfer.com मा सिधै भिडियो अपलोड गरी लिंक PNA को फेसबुक म्यासेन्जर अथवा +977-981-7643601 मा Viber अथवा Whatsapp मार्फत् पठाउनु सकिनेछ ।

त्यस्तै नागरिकले आफ्ना कुरालाई @PNANepal मेन्सन गरी र #AbaJanataBolchhan #अबजनताबोल्छन् hashtag को प्रयोग ट्वीटमार्फत पनि राख्न सक्नेछन् । ति जनताका ति आवाजहरुलाई सरकार, सम्बन्धित निकाय तथा स्थानीय सरकारसम्म पब्लिक न्युजले पुर्याउनेछ ।

हरेक नागरिक पत्रकार भन्ने मान्यताको जगमा रही नागरिकबाट प्राप्त अडियो, भिडियो सामाग्रीहरुको संकलन, पुष्टि तथा प्रशारणको नियमित प्रक्रिया नै “अब जनता बोल्छन्”को कार्यक्रमको नियमित श्रोत सामाग्री हुनेछ । हप्ताको ३ दिन शनिबार, सोमबार तथा शुक्रबार राती ८ बजे कार्यक्रम प्रशारण हुनेछ । कार्यक्रममा नेपालमा संक्रमितहरुको विभिन्न ठाउँको अवस्था तथा केन्द्र लगायत स्थानीय सरकारको गतिविधिको प्रभाव, अभाव सहित जानकारी दिइनेछ ।

नागरिकको कर्तव्य हो आ आफ्नो ठाउँबाट सकेसम्म देशको सेवा गर्ने । आफूले देखेको, भोगेको र सुनेको बेथितीको घटनाका विरुद्ध बेजोड आवाज लगाउनु, नागरिक सुरक्षा र खुशीको जिम्मेवारी बोकेको सरकारको कानसम्म पुर्र्याउनु, देखाउनु र पहलकदमीको लागि दवाब दिनु पनि कर्तव्य हो ।

किनकी तपाईं अहिले चुप लागे, भोली यही दुःख तपाईंको सन्तानले पाउनेछन् ।

कोरोना महामारीका क्रममा तपाईं जे भोग्दैहुनुहुन्छ, जे महशुस गर्दै हुनुहुन्छ त्यसबारे बोल्नुस् खिच्नुस् र पब्लिक न्यूज एजेन्सीलाई पठाउनुहोस् । पब्लिक न्यूज एजेन्सीले तपाईंको मुद्दा सरकार, सम्बन्धित निकाय तथा स्थानीय सरकारसम्म पुर्र्याउनेछ ।

नोट:
पब्लिक न्युज एजेन्सीको बेवसाईट www.publicnewsagency.org

फेसबुक पेज https://www.facebook.com/PublicNewsAgency/

र युट्युब च्यानल https://www.youtube.com/channel/UCpSXpz4Io6cmgb6QtZ7uvIQ

उपलब्ध साम्रागीहरु देश विदेशका मिडीयाद्वारा निःशूल्क प्रयोग गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय