क्याप्टेनले ल्यान्डिगं गियर नखुलेको घोषणा नगरिकनै गरे दोश्रो अवतरण


९७ जनाको ज्यान जाने गरि गत हप्त पाकिस्तानमा भएको हवाइजहाज दुर्घटना कारणमा सार्वजनिक अध्ययन प्रतिवेदनमा जहाजको क्याप्टेनले जहाजको ल्यान्डिगं गियर नुखलेको घोषणा नै नगरि ३ पटक रनवे अवतरण प्रयास गरेको पाइयो । पहिलो अवतरण क्रममा नै जहाजको इन्जिन भुईमा छोएको थियो भन्ने प्रतिवेदनमा उल्लेख छ, एकजना सरकारी मन्त्रीको भनाई अलजजिराले उद्धृत गरेको छ ।

ककपीट भ्वाइस रिकर्डर पनि यस प्रतिवेदन तयारीमा प्रयोग गरिएको छ, ककपीटको भ्वाइस रिकर्डर पनि अध्ययन गर्दा अडियोहरु सुन्दा जहाजको ल्यान्डिगं गियर नखुलेको त्यहाँका नागरीक उड्ययन मन्त्री गुलाम सरवरले बताएका छन् । पाइलटले किन कन्ट्रोललाई ल्यान्डिगं गियर खुलेको भनेनन् र पहिलो अवतरणमा नै ३ पटक जमिन छोइसकेको जहाजको इन्जिनलाई फेरि ल्यान्डिगं गियर बिनानै जमिनमा बजारियो भन्ने प्रश्नको उत्तर चाँही खोजी भइरहेको बताइएको छ ।

कन्ट्राल टावरले पटक पटक पाइलटलाई अवतरण गर्न हाइट नपुगेको भने ता पनि पाइलटले आई विल म्यानेज भनेर जहाज अवतरण प्रयास गरेको बताइएको छ, जहाज अवतरण क्रममा पर्याप्त उचाई पनि नभएको कारणले जहाज वस्तीहरुमा छिरेको बताइन्छ ।पहिलो अवरतरणमा पनि वि आर कम्फरटेवल भनेका पाइलटले किन यसरी ककपीटको समस्या र प्राविधिक कुराहरु कन्ट्रोललाई बताएनन, किन आफ्नो सहित यात्रुदल सबैको ज्यान मुश्किलमा पारे, अध्ययन बाँकी छ । दोश्रो अवतरणमा त पाइलटले जहाज झर्न नपाँउदै उचाई मेन्टेन गर्न असहज भएको र दुबै इन्जिनको कन्ट्रोल हराएको बताएका केहि सेकेण्डमा नै जहाज टुक्राटुक्रा हुने गरि भुईमा बजारियो ।

इन्जिनहरु पहिलो अवतरणका क्रममा भुईमा बजारिएर खराब भए या अन्य केहि समस्या थियो, अध्ययन हुँदै छ । एयरबस ए३२० का इन्जिनहरु सीएफएम नामक कम्पनीले बनाएको हो, यो फ्रान्स र अमेरिकन भेन्चर हो जहाँ साफ्रन र जनरल इलेक्ट्रीकको शेयर छ ।

पाकिस्तान विमान दूर्घट्नाबाट बाँचेकाको बयान

लाइभमाण्डु

 


Loading comments...