“एउटा वयस्कको लकडाउन डायरी” भाग २ : ६८ औं दिन


थोरै पिठो मुछेँ, र त्यसमा केहि कपास पनि हालेँ, घरको छाना माथिको बल्छीको लठ्ठी तानेर घरपछाडिको पोखरीमा निस्किएँ, अब बल्छी पानीमा डुबाएर अनि चप्पल माथि आफू टुकरुक्क बसेर माछाले पुल्ली हल्लाउला भन्ने आशामा बसेको छु । आजको लकडाउन डायरी यहाँबाट शुरु गर्दछु ।

कपास हालेको पिठो अलिक साह्रो हुन्छ, माछाले सजिलै खाइहाल्न पनि सक्दैन र पानीमा पग्लेर कमजोर भएर फतक्कै झरिहाल्दैन । गड्यौला खोज्ने सकसबाट जोगाउन यो विकल्प बाले सानैमा सिकाउनुभएको सम्झना छ । आज म टाइम ट्राभल गर्छु, मोबाइल छाडेर, नेट छाडेर अनि सबै वासी सपनाहरुलाई बलेसीमा छाडेर पोखरी किनारमा आएको छु ।

प्रस्तुतीः सुयोग ढकाल

मलाई एकफेर दशैं टिकामा बुवाले आधा थप्पड पिट्नुभएको हो या पिट्न हात उठाउनु भएको हुँदो हो, रिस उठेर बालखको म गाँउ छेउको खुट्टावाली ठूलीआमाको घरभित्रको भकारी छेउमा गएर लुकें । पछि मलाई खुट्टावाली ठूलीआमाले देखेर किन यहाँ बसेको, सोध्नु भो? बाउसँगको झगडाको बेलीबिस्तार लाउन अल्छि लाग्यो होला, बालख बुद्धि न हो, सर्पले टोकेको भएर यहाँ बसेको भन्दिएँ ।

मेरो पिताजीले खन्न लगाउनुभएकोको पोखरी हो यो, म जन्मँदादेखि नै यो पोखरी यस्तै छ, यत्रै छ । जसरी अनुहारमा दार्ह्री जुङ्गा पलाउँछन र काटिन्छन् नि हो यसैगरी यस पोखरीको वरीपरी नियमित काटिने झारपात र घाँसबाहेस पोखरीको अनुहार दुरुस्तै उस्तै छ । यो पोखरीका माछाहरु धेरैपटक खाएँ । काठमाण्डौमा मेरो भान्सासम्म सिजनका एक से एक रोहू, बरारी, कार्प जातीका माछाहरु कसै न कसैले पूर्र्याइरहेकै हुन्छन् । मैले यसै पोखरीमा माछा मार्न सिकेँ, माछा मार्ने धेरै तरिका मध्ये बल्छि थापेर मार्नु एउटा तरिका हो । सानो छँदा म धेरैपटक घरको झुल तान्दै पोखरीमा छिरेको पनि छुँ । म वयस्क भएँ तर यो पोखरी अझै उस्तै छ जस्तो यो पहिले थियो । सानो छँदा मलाई यो पोखरी कस्तो खत्रा लाग्थ्यो, ठूलो, कोशी खोलाको एउटा अंश नै पोखरीमा समाएको जस्तो । पछि क्रमशः मैले अरु खोलाहरु देखें, समुन्द्र देखेँ अनि कोशी खोला र यो पोखरीको सीमा थाहा भयो र आजभोली फेरी यही सीमाको ज्ञान लिंदैछु । विश्वभर स्वास्थ्य संकटको छटपटीको बेला मेरो देशको नक्साको वास्तविक सीमाको आधिकारिकताले आजभोली मन फुरुङ छ ।

मलाई त्यस दिनको प्रतिक्षा छ जब गाउँमा पनि शहरमा पाइने हरेक अवसर र कुराहरु पाइनेछ, अनि शहरमा पनि गाँउमा पाइने हरेक कुराहरु पाइनेछ । यो पोखरीको माछा र उ त्यो परतिरको खेतको धानको चामल बाफ उडाउँदै खाएर रेल चढेर काठमाण्डौ गएर काम गरीवरी राती यही खेतको गहुँको आँटाको रोटी चपाउन आउन पाए पो त बिकास ।

काकाले भन्नुभएको, अहिले पोखरीमा सिल्भर कार्प माछाहरु मात्र छन रे, तसर्थ ठूला माछा बल्छिमा पर्दैनन किनभने सिल्भर कार्प बल्छिमा पर्ने प्रजाति हैन । स्थानीय पोठिया, केवई अथवा चेङ्रा गरई माछा मात्र बल्छिमा पर्छन् । हुन्छन् साना तर बल्छिमा पार्न असाध्यै कठिन, मेरो बल्छिको पुल्ली हल्लीयो, पोठिया परे जस्तो छ यो त आज निकाल्नै पर्दछ, म ध्यान दिएर बसिरहेको छु ।

यसरी जीवहरु आफ्नो भोगका लागि मार्नु राम्रो कुरा त हैन पनि होला तर फेरि के गर्नु इकोसिस्टम यसरी नै त चलेको छ । भोग पनि त्यति नै जरुरी छ जति त्याग जरुरी छ । हिन्दुस्तान की सर्वप्रिय नायीका मिना कुमारीको पुरानो चलचित्र चित्रलेखाको गीत मलाई बहुतै चित्त पर्छ त्यसमा रहेको वाक्याशं ‘ए भोग भी एक तपस्या है तुम त्याग के मारे क्या जानो’ भन्ने दर्शनले सबै कुरा जागृत गर्दछ । भोग गर्नु, उपभोग गर्नु त साँच्चै तपस्या हो, आज एउटा तपस्वी बल्छि लिएर पोखरीछेउमा बसिरहेको छ, बसिरहने छ।

गाँउमा धेरै कुरा छन तर फेरि शहरमा भएका धेरै कुराहरु गाउँमा पाइन्नन । मलाई त्यस दिनको प्रतिक्षा छ जब गाउँमा पनि शहरमा पाइने हरेक अवसर र कुराहरु पाइनेछ, अनि शहरमा पनि गाँउमा पाइने हरेक कुराहरु पाइनेछ । यो पोखरीको माछा र उ त्यो परतिरको खेतको धानको चामल बाफ उडाउँदै खाएर रेल चढेर काठमाण्डौ गएर काम गरीवरी राती यही खेतको गहुँको आँटाको रोटी चपाउन आउन पाए पो त बिकास । यहाँ त गाउँको थितीलाई नजरअन्दाज गर्दै काठमाण्डौको घरका लागि सती जाने बिकासे लहडक्रमले पो मन दुख्छ ।

भाई पनि परतिर बसेर अर्को बल्छिमा माछा मार्दैछ, उस्लाई मलाई भन्दा राम्रोसँग माछा मार्न आउने हुनसक्दछ या त उस्को बल्छि मेरो भन्दा लामो र सहज पनि भएको हुनसक्दछ । म तिनवटा माछामा सिमित हुँदा उस्ले दर्जन टेकिसक्यो । सँख्या जति होस्, लगिने घर नै हो, आज म भात थपेर खान्छु, पोठिया नै सही तर आफूले मारेको माछाको त स्वादै बेग्लै । सामान्यतया म अड्कलेर मात्र खाना खान्छु तर आज पौरखी भोजन हुनेछ ।

अहिलेसम्म दुईवटा माछा पारियो, साना साना तर पोटिला छन् । ३ वटा परेका हुन तर तेश्रो चाँही बाहिर निक्लेर पनि बुट्यानमा परेर भागीगयो, हुन त छुटेका कुराहरुको हिसाब गरिन्न पोखरीछेउमा ।

कोरोनाको त्रासले गाँउ पनि त्रस्त छ यद्धपी किसानहरु घरघरमा साइकल र मोटरसाइलमा अनि टाउकामा बोकेर ताजा तरकारीहरु बेच्न आउँछन् । सोमवार र शुक्रवार लाग्ने गाउँको नियमित हाट अब शहरमा प्रविधिको सहयोगमा खरिद गर्न पाइने होम डेलिभरी यहाँ हरेक दिन घरघरमा आइपुग्छन्, खरिद गर्दा भेट्नाको रस नि सुकेका हुन्नन् त्यति ताजा हुन्छन् । भारतका सीमातिर बाटाबाटामा बोकेर ल्याएका पोकाहरु सिरानमा राखेर रुखमुनी निदाइरहेका मान्छेहरु बग्रेल्ति देखिनन्छन्, आआफ्नो घर जान हिँडेकाहरु, सैयौं किमी पर रहेको घरको दूरी हिँडेरै तय हुँदैछ ।

विदेशमा भएकाहरुलाई हवाइजहाज पठाएर देश फर्कायौं भनी घोक्रो फुलाउने सरकारका ठेकदारहरुले आफ्नै देशभित्रैका मान्छेहरुका पीडा बुझ्न सकेनन, कि त उनीहरु असक्षम प्रशासकहरु हुन् कि त उनीहरुलाई चुनावमा भोट किन्न सकिन्छ भन्ने थाहा छ । आउँदो चुनावमा यि पोका बोकेर शहरबाट गाउँ हिँड्दै जानेहरुले फेरि मासुभात, सितन, पौवा र केहि पैसामा भोट बेच्लान कि नाँई? मलाई हेर्नुछ । कालापानी, लिपुलेक, लिम्पीयाधुरा सीमा विवाद बिषयमा मलाई साह्रै चित्त दुख्यो, भारतीय मिडियाहरु बालुवामा उफ्रिएका, चिच्याएका, अनेक विलौना सहितको अपब्याख्या र आरोपले मलाई अचम्ममात्र लागेन कि हाँसो पनि उठ्यो । खानेकुरा भए हामी बाँडेर खानेथियौं, लाउनेकुरा भए फेरि फेरि लगाउनेथियौं । तर यो त माटो हो, नेपालीजनलाई माटो बाँड्ने बानी छैन, हाम्रो हो हामीले फिर्ता लिएरै छाड्नेछौं । यस्मा सबै नेपालीजनहरुको एकमत हुन जरुरी छ । मैले पनि एउटा अँग्रेजीभाषामा यस विषयमा एउटा नेपालीको सन्देश भनी भिडियो बनाएँ, सबैले केही न केही विरोध जनाइरहेको बेला विरोधकै लागि हैन की अन्तरराष्ट्रिय समूदायलाई भूँईमान्छेहरु यस सन्दर्भमा के आवाज उठाईरहेका छन् भन्ने स्पष्ट सन्देशका लागि त्यो भिडियो थियो । देश विदेशमा उक्त भिडियो हजारौंले हेरिदिनुभयो, शेयर गरिदिनुभयो, मेरो सन्देश सार्वभौमिक्ता अनि सदाशयतामा आधारित थियो, कैलाशलाई नजिक पार्न पशुपतीको देशलाई मिच्नु कतिको जायज हो? मेरो भिडियोको मुख्य सन्देश यही थियो, विस्तृतमा छिमेकी धर्ममात्माहरुले बुझुन ।

आजभोली तराइतिर बेधडक हावा चल्छ, दिनभरीको गर्मीलाई साँझको पानी र हावाले चिरिदिन्छ । हिजोको हावाहुरीले बिजुलीका खाँबाहरु लडाएर बिजुली नगएको भए आज मलाई माछा मार्न आउने फुर्सत कदापी हुने थिएन ।

किनेर पाएको कुरा चाहे त्यो भोट होस् या माछा, दुबैका स्वाद हुन्नन् । आफूले अर्जेको र सामर्थ्यले हातपारेको कुराको स्वाद नै बेग्लै । आजको पोठिया माछा घरभरीकालाई त पेटभर नपुग्ला तर स्वादिलो हुनेछ त्यो चाँही पक्का हो । भाई पनि परतिर बसेर अर्को बल्छिमा माछा मार्दैछ, उस्लाई मलाई भन्दा राम्रोसँग माछा मार्न आउने हुनसक्दछ या त उस्को बल्छि मेरो भन्दा लामो र सहज पनि भएको हुनसक्दछ । म तिनवटा माछामा सिमित हुँदा उस्ले दर्जन टेकिसक्यो । सँख्या जति होस्, लगिने घर नै हो, आज म भात थपेर खान्छु, पोठिया नै सही तर आफूले मारेको माछाको त स्वादै बेग्लै । सामान्यतया म अड्कलेर मात्र खाना खान्छु तर आज पौरखी भोजन हुनेछ ।

साँच्चै पहिलो लकडाउन डायरी लेख्दा मेरो कपाल लामो थियो, आँखासम्म कपाल आउने भएपछि ममीले कपाल बाँधिदिनु हुन्थ्यो । केहि हप्ताअघि बम्मा दाई घर आयो, उस्ले बालापनादेखि नै मेरो कपाल काटेको हो । साबुनपानीले हात धोएर अनि स्यानीटाइजर पनि लगाएर उस्ले मेरो र भाईको कपाल काटिदियो, कैंचीले दाह्री पनि सिनित्त बनाइदियो । अहिले फेरि दाह्री र कपाल बढिसकेको छ । अबको हजामी लकडाउनको यो लामो कैदको दोश्रो कपाल कटाई हुनेछ ।

ब्यापार गर्नु र माछा मार्नु उस्तै हो, दुबैमा निकै धैर्यता चाहिने, पर्र्खाई र धैर्यता पछि रिटर्न आउने लर्को लाग्छ । आएपछि पुग्ने आँउछ, निरन्तर लागिरहनु पर्ने । हामी देशैभर ई-लर्नीङ्को ब्यापार गर्दछौं, नेपालको सर्वाधिक ठूलो र फराकीलो डिजिटल पढ्ने परिवार SATSOM.COM हामीले सञ्चालन गरिरहेका छौं । ५ हजार भन्दा धेरै प्लस टू बिज्ञान संकायका बिधार्थी, एमबिबिएस, इन्जिनिर र नर्सिगं लाइसेन्स तयारी गर्ने बिधार्थीहरु हामीसँग आफ्नो सपनाको सम्भाव्यता तिखारिरहेका छन् । हामी पनि हरेक दिन नयाँ भिडियो लेक्चर, जाँचहरु अनि अन्य अध्ययन स्रोतहरु थप्दै गइरहेका छौं । आजभोली तराइतिर बेधडक हावा चल्छ, दिनभरीको गर्मीलाई साँझको पानी र हावाले चिरिदिन्छ । हिजोको हावाहुरीले बिजुलीका खाँबाहरु लडाएर बिजुली नगएको भए आज मलाई माछा मार्न आउने फुर्सत कदापी हुने थिएन ।

हाम्रो गाउँमा रेल आउँथ्यो, म सानो छँदा । म धेरै पटक रेलमा चढेको छु, रेल चढेर गाउँबाट जनकपुरबाट गाउँ आएको छुँ । असाध्यै सुस्तरी चल्ने त्यो रेल, त्यसको ड्राइभरको धैर्यतालाई म अझै पनि सलाम नै गर्दछु । रेलको अघिल्लो बग्गीमा चढेर अनि चल्दै गरेको रेलवाट खुत्रुक ओर्लर पछिल्लो वग्गीमा चढ्न पनि कुनै सकस नपर्ने, रेलको सुविधा भएकाले नै सिरहा भलुवाहीबाट मेरा बाजे यहाँ बसाई सरेका रे! अहिले रेलको लीकहरु फेरि बिछ्याइएको छ, छिटै चल्ने तयार मा छ र पहिला भन्दा तिब्र पनि कूद्ने छ भन्ने सुनेको अनि पढेको छु ।

माछा पकाउन तयार पार्नु अत्यन्त झन्झटीलो हुन्छ, पहिले खरानी लगाएर कत्ला झिक्नुपर्ने, अनि भुँडी झिकेर पखाल्ने र पखालेर सफा भएपछि मात्र भान्सामा लाने । आमा-बुवा दुबै शाकाहारी, माछामासु खान कान्छा काकाकोमा गइन्छ, ३ जना बहिनीहरु छन् अनि हामी दुई भाई, काका र काकी । त्यसदिनको माछा ममीले पकाइदिनुभयो,

माछा मार्दा धेरै कुुराहरु सोंच्दै बस्न पाइने, यदि चेंग्रा गरई जातको माछा मार्ने हो भने चाँही ति माछाहरुले पिठो खाँदैनन, तिनीहरुलाई बल्छिमा पार्न गड्यौंला अथवा फट्याङ्ग्राका चारोहरु चाहिन्छ, आज मलाई त्यो जाँगर छैन । गाउँमा सबैका परिवारहरु भेला भएका छन्, फुर्सतिलाहरु पोखरी छेउमा माछा मारेको हेर्न आँउछन्, आउनेहरुसंग यसो कुराकानी गर्न पनि रमाइलै हुन्छ ।

आजभोली चियापसलमा हुने कुराहरु घरघरमा हुन्छ, चियापसल बन्द छ अनि घरघरमा सबैजना फुर्सतिला भएका छन् । प्रायशको सरकारसँग गुनासो छ । कम्यूनिस्ट क्यापीटल अफ नेपालमा भ्रष्टाचारका लम्बेतान प्रमाणित गाथाहरु यसरी हुर्केलान भन्ने कस्ले कल्पना गरेको थियो र ? सर्वाहाराको नाममा आएको सत्तामा यसरी भ्रष्टहरुको लागि सुनौलो मार्ग बन्नेछ भन्ने चेत कस्लाई थियो ? फेरि सम्झन्छु, हरेक सरकार अनि सत्तासिनलाई आरोप त लाग्छ नै । सरकारलाई आरोप लाग्नु नौलो कुरा नहोला भन्ने तर्कना लाग्छ मलाई । प्रधानमन्त्रीको कहिलेकाँही त माया पनि लाग्छ, यतिका गाली र आरोप सहेर पनि कसरी हाँस्न सकेका होलान् ? मलाई एकफेर दशैं टिकामा बुवाले आधा थप्पड पिट्नुभएको हो या पिट्न हात उठाउनु भएको हुँदो हो, रिस उठेर बालखको म गाँउ छेउको खुट्टावाली ठूलीआमाको घरभित्रको भकारी छेउमा गएर लुकें । पछि मलाई खुट्टावाली ठूलीआमाले देखेर किन यहाँ बसेको, सोध्नु भो? बाउसँगको झगडाको बेलीबिस्तार लाउन अल्छि लाग्यो होला, बालख बुद्धि न हो, सर्पले टोकेको भएर यहाँ बसेको भन्दिएँ । त्यसपछि खुट्टावाली ठूलीआमा एक्कासी चिच्याइन, दुई पटक परेला झिमिक्क गरेको पनि थिइन मैले । गाँउका मान्छेहरु आए, मलाई ओल्टाई पोल्टाई हेरे, कहाँ टोकेको भनी सोधे । सर्पले टोकेको त थिएन तर मैले टोक्यो भनेका कारण सबैको होश उड्यो, भीडमा बाउ पनि म तिर दौडदै आएको देखेँ, आमा पछाडि पछाडि । बाउले आएर सर्लक्क उचालेर बोक्नुभयो, म पग्लिँए, मन भन्ने कुरो मैनले बनेको हुनेरहेछ, पग्लिएपछि तरल आँशु झर्ने । मैले सर्पले टोकेको हैन बुवाले पिटेपछि रिसाएर त्यहाँ लुक्न आएको भने, पछिसम्म गाउँलेहरुले पत्याएनन । तितेपाती चपाएर तितो भयो या भएन पनि सोधे ।

खुट्टावाली ठूलीआमाको नाम पछाडिको कारण ब्याख्या गरौं, तराइमा महिलाहरुलाई माइतीको ठाँउ जोडेर बोलाइन्छ, वहाँको माइत परतिर खुट्टा भन्ने गाँउमा छ । मेरी आमा सोनापुर गाँउकी, ममीलाई सोनापुरवाली भनेको आजभोली सुनेको छैन । ममी सरकारी बिद्यालयकी शिक्षिका भएकाले सबैले मास्टरनी भन्छन् ।

बुवाले एकफेर झन्नै झन्नै पिट्दा र गाली गर्दा त मैले गाँउ नै उचाले, प्रधानमन्त्रीले यतिका गाली, आरोप कसरी सहँदा हुन् ? अनि फेरि तिनले आरोप नलाग्ने गरि किन हाकाहाकी काम गर्न, भ्रष्टहरुलाई रोक्न नसकेका होलान जस्तो पनि लाग्छ ।

तराईमा रुखलाई गाच्छि भनिन्छ । त्यस रुखमा मैले उतिबेला पाइने नटराजको रातो जोमेट्री बक्सको कम्पासले खापेर, पछि खुर्पाले ताछेर आफ्नो नाम लेखेको थिएँ, यो ६ कक्षा पढ्दाको कुरा हो । हरेकपटक गाउँ आउँदा म त्यस ठाँउमा अरु निखारता ल्याउँथे । कक्षा ११ मा पढ्दाको बखत त्यो रुख काटियो अनि मेरो रुखमा खोपेको नाम पनि हरायो ।

पोखरीमा बस्दा म भक्त निरौला काकालाई सम्झन्छु, यहि बाटोमा यिनै माटामाथि दौडेर निरौला काका आफ्नो ज्यान जोगाउन भागेका थिए । एकाबिहानै भुताहा खोला तर्फबाट सेनाको टुकडि आएको थियो । माओवादी कमाण्डर भक्त काकाको छोरीको विवाह एकरात अघि थियो, छोरी अन्माएको भोलीपल्टै भक्त काका पनि विदा भए । मारिनु अगावै फिल्मी शैलीमा दौडेका भक्त यसै पोखरी किनारबाट भाग्दै अघि गएका थिए, सर्वाहाराका लागि लडेका भक्तले ज्यान गुमाए । शायद आजभोली नेताहरुले भाषणमा गणना गरेका १३ हजार शहिदहरुमा भक्त काका पनि एक हुन् । आज भक्त काका ज्यूँदै भएका भए के भन्थे होलान् ? आखिर भक्त अनि उनीजस्ता अरु १२ हजार ९९९ जना किन मारिए? मैले त आजभोली झनै सामन्तवाद बढेको पाउँछु, गाउँगाउँमा सिंहदरबार ल्याउला भनेर आन्दोलन गरे तर सिंहदरबार गाउँमा आउनुको साटो गाउँगाउँमा नारायणहिटीहरु मात्र आए ।

आज सबै गरेर २७ वटा माछाहरु मारिए, त्यसमा मेरो योगदान केवल ३ वटा मात्र रह्यो । बल्छिको लठ्ठीमा हात अनि आखा पोखरीमा भएपनि दिमाग भने अन्य धेरै कुराहरु, यादहरु, पात्रहरु, कथाहरु मैं केन्द्रित भयो आज त । मच्छरहरुले झण्डै झण्डै आधा रगत खाएको हुनुपर्छ ।

घरछेउको कलमा बसेर माछा केलाइयो । माछा पकाउन तयार पार्नु अत्यन्त झन्झटीलो हुन्छ, पहिले खरानी लगाएर कत्ला झिक्नुपर्ने, अनि भुँडी झिकेर पखाल्ने र पखालेर सफा भएपछि मात्र भान्सामा लाने । आमा-बुवा दुबै शाकाहारी, माछामासु खान कान्छा काकाकोमा गइन्छ, ३ जना बहिनीहरु छन् अनि हामी दुई भाई, काका र काकी । त्यसदिनको माछा ममीले पकाइदिनुभयो, बुवाले माछा केलाएको तथ्यको निरीक्षण गरिरहनुभएको थियो । बुवा खानाको असाध्यै शौखिन, बर्दियामा जङ्गल, टिम्बर कर्पोरेशनमा बुवाले १० वर्ष काम गर्नुभएको, बुवाका कथाहरु निकै रोमाञ्चक छन् जङ्गलका ति कथाहरु मैले सबै बच्चा हुँदा नै सुनिसकेँ । वहाँले सिकार गरेको हरिणको ठूलो सिङ घरको भित्तामा उहिले झुण्डिएको हुन्थ्यो । राती झुल लगाँउदा एउटा डोरी त्यसै सिङमा मम्मीले गाँसदिनेगर्नुहुन्थ्यो ।

बाउछोरा काठमाण्डौमा हुँदा मुगल परिकार पाइने ठाँउहरु दौडन्छौ, रुमाली रोटी र कोख्ताको खोजिमा हामी किर्तिपुरदेखि नक्सालसम्म कैंयन पटक पुगेका छौं । आजभोली बुवाले उति जाँगर चलाउन छाड्नुभएको छ यद्धपी नयाँ कुरा खाने निहूँमा बेलाबेलामा बाउछोरा बेफ्वाँकमा काठमाण्डौमा दौडिन छाड्दैनौ । बुवाका कथाहरुमा गम्छामा बाँधेका दहिका कुरा छन्, हरिणका सुकुटीका कुराहरु छन्, लखनउका नवाबि पान अनि मुग्लाय पराठाका कुराहरु छन्, कति त मैले भूलिपनि सकेँ, खाने कुराहरुमा त्यति धेरै दिलचस्पी छैन नि मेरो । बुवाको बर्दियाका कथाहरु बच्चैदेखि सुनेको भएर होला म केहि वर्ष अघि कामको सिलसिलामा बर्दिया जाँदा त्यहाँ एकरात बसेको थिए । मेरो बुवाले यहाँका माटाहरुमा, खोलाहरुमा १० वर्ष बिताउनुभयो भन्ने एकखालको आत्मियता छ बर्दियासँग ।

पहिलो लकडाउन डायरी लेख्दा ६७ दिनको लकडाउनमा थुनिएर बस्नुपर्ला भन्ने लागेकै थिएन, तर लकडाउनका दिनहरु बढिरहेकै छन् । आँपका मञ्जरीबाट टिकुला लागेर पनि ठूला भइसके, हावाले आँपहरु झारेर सोत्तर पारेको छ, लिच्ची फलेर पनि सकियो । मिठो सीताफल फल्यो, आधा मैले अनि आधा चराहरुले खाएर सक्काईसके तर यो टर्रो लकडाउन अझै सकिएको छैन ।

पौरखले मारेको माछा साह्रै मिठो भयो, थोरै भएपछि खानकी मिठो हुने । यि माछाहरुका स्वादमा कुनै परिवर्तन भएको छैन, उस्तै दुरुस्तै उस्तै, म बच्चामा हुँदा ममीले काँडा केलाएर ख्वाइदेको माछा र अहिलेका माछाको स्वादमा केहि परिवर्तन छैन, केवल मेरो मुख मात्र ठूलो भएको हो ।
अहिलेको समीको रुख भएको ठाउँमा पाखरको ठूलो गाच्छि थियो । तराईमा रुखलाई गाच्छि भनिन्छ । त्यस रुखमा मैले उतिबेला पाइने नटराजको रातो जोमेट्री बक्सको कम्पासले खापेर, पछि खुर्पाले ताछेर आफ्नो नाम लेखेको थिएँ, यो ६ कक्षा पढ्दाको कुरा हो । हरेकपटक गाउँ आउँदा म त्यस ठाँउमा अरु निखारता ल्याउँथे । कक्षा ११ मा पढ्दाको बखत त्यो रुख काटियो अनि मेरो रुखमा खोपेको नाम पनि हरायो । बुवाले त्यहाँ अहिले समीको रुख रोपिदिनु भएको छ, निकै ठूलो भइसक्यो त्यो पनि, अब त्यस समीको रुखमा चाँही नाम खोप्ने इच्छा पलाएको छैन… हाहाहा ।

रुखहरु पनि दीर्घकालसम्म नरहने रहेछन्, बरु ममीलाई विवाहमा हजुरबुवाले दिनुभएको स्टिलको गोदरेज लेखेको दराजमा भाइले शौरभ भनि लेखेको अझै उस्तै छ तर रुखमा मैंले लेखेको त्यत्रो वर्षको मेहेनत त्यसै खेरै गयो । मौका मिलाएर त्यो दराज पनि खोलेर हेर्नुछ, पुराना तस्वीरहरु, सामानहरु अनि के के छन्, अर्को लकडाउन डायरीमा त्यो पनि लेख्नेछु । रुखमा, दराजमा, भित्तामा लेखेका शब्द भन्दा त यस्ता डायरीहरुमा लेखिएका स्मरणहरु बलिया हुने रहेछन्, यी लकडाउन डायरीहरु म विश्व फेरि पहिलेको जस्तै भएपछि पढ्नेछु र आँउदा पुस्तालाई सुनाउँनेछु ।

यो मौसममा हावा चल्दा धेरै डर लाग्ने, आजभोली अचानक बेफ्वाँकले पश्चिमी वायू चल्छ, हावामा गर्जन हुन्छ । हावा चलेपछि म दौडेर गएर पश्चिम तिरका भित्ताका झ्यालहरु लगाउँछु, केहि झ्यालहरु पसांगिएका छन् । पसागिंएको भन्ने शब्द आजभोली त्यति प्रयोग हुन्न, यस्को अर्थ आफ्नो निर्धारित बाटोमा नमिलेको भन्ने हुन्छ, झ्यालका पल्लाहरु पसांगिएका छन्, म ढोकाको आग्लो ल्याएर झ्याललाई तलबाट टेका दिएर लगाउँछु । मलाई घरको छानाहरुका टाली झर्लान भन्ने डर लाग्छ, एक वर्ष अघि आएको हावाहुरीले गाँउका टाली भएका सबै घरहरुका छाना बुच्चे बनाइदिएको थियो ।

लकडाउन बढेको बढेकै छ, हिजो साँझ ७ बजे साँझतिर हाम्रो पात्रोले पठाएको नोटिफिकेशन अनुसार जेठभर लकडाउन कायम भो भन्ने देखें अब असारमा के हुन्छ? अब त्यो पर्खन्छु । कोरोना भन्दा ठूलो शत्रु घरभित्रै छ, भोक, रोग अनि बिक्षिप्तता । पहिलो लकडाउन डायरी लेख्दा ६७ दिनको लकडाउनमा थुनिएर बस्नुपर्ला भन्ने लागेकै थिएन, तर लकडाउनका दिनहरु बढिरहेकै छन् । आँपका मञ्जरीबाट टिकुला लागेर पनि ठूला भइसके, हावाले आँपहरु झारेर सोत्तर पारेको छ, लिच्ची फलेर पनि सकियो । मिठो सीताफल फल्यो, आधा मैले अनि आधा चराहरुले खाएर सक्काईसके तर यो टर्रो लकडाउन अझै सकिएको छैन । हुन चैं मलाई लकडाउनमा पनि फुर्सत छैन, दैनिक कम्तिमा पनि ८ घण्टा काम गर्छु, हाम्रो पात्रोका लागि, लाइभमाण्डूका लागि, केहि विदेशी परियोजनाका कामहरु लिएको छु । रेडियो परियोजनाका स्क्रिप्टहरु, केहि शोध अनि कहिलेकाँही यसरी लकडाउन डायरी, यही नै मेरो दैनिकि बनेको छ, मेरो कलम रुकेको छैन ।

म टिभी कोठाको झ्यालमा बस्छु, पंखा एकतमासले चलिरहन्छ, काठमाण्डौ सम्झन्छु, म बस्ने कोठा, मेरो कार्यालय, मेरो कुर्सी, सहकर्मीहरु, ति बाटाहरु, सपनाहरु, उन्नती गरौंला भन्ने योजनाहरु सबै कालोपत्रे सडकमा झरेर छरिएका सेता बालुवाका मसिना कण झैं भान हुन्छ । कति अफिसहरुमा धुलोको पत्रै पत्र बस्यो होला? कति स्कूलका चौरहरुमा झार उम्रियो होला? कति ड्राइभरहरु गाडी निकाल्न नपाएर आत्तिए होलान् ? कति घरमा चूल्हो बलेको छैन ? कति शिल्पकारको कृति थन्कियो होला ?

लकडाउनको प्रथम दिन र आज तुलना गर्छु, सरकारी तौर तरीकाको रोगसँग लड्ने ताकत खासै बढ्न सकेन, मान्छे थुनेर रोग रोकिन्न, अब समाजिक दूरीका साथै आर्थिक सामिप्यता पनि चाहिएको छ, ब्यापार ब्यवसाय थन्काएर देश झनै असुरक्षित हुन्छ । लेख्दा लेख्दै धेरै लेखिसकेँ जस्तो लाग्यो, घरमा बसेर हिँड्न नपाएपछि, बोल्न नपाएपछि शब्दहरु लामा लामा भएका छन्, रातु खोला किनारका खरका बिरुवाहरु जस्तै… आजलाई मैले चैं बिट मारेँ, तपाईं चैं आफ्नो ख्याल गर्नुहोला ।

३१ औं दिनमा लेखिएको “एउटा वयस्कको लकडाउन डायरी : भाग १” यहाँ पढ्नुहोस्

एउटा वयस्कको लकडाउन डायरी : ३१ औं दिन


Loading comments...