सामाजिक कार्यमा सदा अग्रसर “मैतिदेवी रि–युनाइटेड ईभेन्टस”


संसारभर फैलिरहेको कोभिड–१९ को महामारी नेपालमा पनि देखिदै र बढदो क्रममा छ । यस महामारीबाट श्रृजत जटिल अवस्थामा हरेक वर्गले आर्थिक मार भोगिरहेका छन् जसमा सामान्य सर्वसाधारण देखि ठुला ठुला ब्यापारी हरुका साथै पशुपक्षींलाई समेत जीवन गुजारा चलाउन हम्मे हम्मे परेको अवस्था छ । यस्तो अवस्थामा सामाजिक कार्यमा सदा अग्रसर “मैतिदेवी रि–युनाइटेड ईभेन्टस” द्वारा मिति २०७७/१२/२६ गते पर्यन्त श्री गौतम देसाई ज्यूको सहयोग र साथ लिई एक हप्ता सम्म दैनिक घर–दैलोमा गई १०० जना असहाय, मजदुर, अपाङ्ग, र घरविहिन साथै सडक र मन्दिर परिसरमा आश्रित पशुपन्छीलाई तयारी खाना उपलब्धताको ब्यवस्थापन गरिएको थियो ।

त्यस लगतै “मैतिदेवी रि–युनाइटेड ईभेन्टस र मैतिदेवी युनाइटेड क्लब” को सहकार्यमा संयुक्त रुपमा प्ररम्भमा दैनिक १५० जनाबाट सुरु गरि केहि दिनको अन्तरालमा ६७० जना सम्मलाई पाकाएको तयारी खाना घरघरमा नै बितरण गरिएको थियो । यो कार्य मिति २०७६/०२/०७ सम्म सहज रुपमा चलिरहेको थियो । यो अवधिमा बिभिन्न सामाजिक संघसंस्थाहरु गुलमोहर लायन्स क्लब–काठमाण्डौ, खुशी फाउन्डेसन, लायन्स क्लब तथा मैतिदेवी क्षेत्रका विभिन्न ब्यक्तिहरुको आर्थिक र प्रेरणात्मक सहयोग प्राप्त भएको थियो । सो कार्यमा स्थानिय सामुदायिक प्रहरी र महानगर प्रहरीको कमलपोखरी बृतबाट हरसम्भव सहयोग प्राप्त गराई “प्रहरी मेरो साथीे” को भाव चरितार्थ भएको छ ।

यसै क्रममा मैतिदेवी रि–युनाइटेड ईभेन्टस आफै स्वतन्त्र रुपमा मन बिनायक मल्टिप्रपोज को–अप प्युखा, सुरेन्द्र श्रेष्ठ, समिर उप्रेती, बिशाल श्रेष्ठ, बिजय गुरुङ्ग, बिनय गुरुङ्ग (पशुपति एग्रो) र केहि मनकारी मैतिदेवी निवासी ब्यक्तित्वहरु (जो अज्ञात रहि सहयोग उपलब्ध गराउन चाहनुहुन्छ) को साथ र सहयोगमा २५ परिवारबाट सुरु गरी हाल ६०० परिवारमा रासन र तरकारी बितरण कार्य निरन्तर जारी छ ।

बिगत करिब दुई महिनादेखि निरन्तर यस उदाहरणिय कार्यमा सहयोग पु¥याउदै आईरहेको मैतिदेवी रि–युनाइटेड ईभेन्टसका संस्थापक संजय श्रेष्ठ र अन्य सदस्यहरु रुमन महर्जन्, निसेश महर्जन्, राकेश शाही बिनोद खडका र राजु बुढाथोकीहरु ले आफ्नो संस्थागत विचार “together we can” भन्ने नारालाई आत्मसात गरी अविश्मरणिय सेवा कार्यको कदर गर्दै सबैलाई हालको बिषम परिस्थितीमा आत्मविश्वासका साथ निरन्तरता साथसाथै प्रयास जारी राखौ ।

मैतिदेवी–३०, काठमाण्डौ, नेपाल


Loading comments...