कोरानले अरबौं कमाएका अरबपतिहरु


के अरबपतिहरू उनीहरूको धनको ‘ योग्य ‘ छन्?

विश्वका हरेक देशहरु, समाजहरु अनि अर्थतन्त्रहरु कोरोना क्राइसिकका कारण अहिले एउटा डुगांमा बसिरहेको छ, साझा त्रासले हामीसबैलाई गाँजेको छ हैन र ?

यो डुगां टाइटनिकजस्तो छ, अर्थतन्त्रको डुगांलाई लकडाउनले डुबाँउदैछ । यस टाइटनिकमा सवार यात्रुहरु कोही प्रथम र बिशिष्ट श्रेणीका छन्, अन्यहरु दोश्रा श्रेणीका छन् भने तललोस्तरमा साधारण र मध्यवर्गकाहरु छन्, यहाँ सबैभन्दा धेरै सख्याँ तल्लोस्तरका यात्रु छन् तर आपतकालिन लाइफवोटहरु सबैभन्दा धेरै प्रथम श्रेणीका र दोश्रो श्रेणीका हरु संग छ । आज म सुपर रिच अर्थात अत्यन्त धनीहरुको कुरा ल्याँउछु, उनीहरुसंग यस अर्थतन्त्रको टाइटनिक डुब्नुअघि पर्याप्त लाइफवोटमा भाग्ने बिकल्पमात्र छैन कि अन्य थुप्रै लक्जरी याचहरु अनि सुरक्षित बिकल्पहरु छन्, अर्थतन्त्रको टाइटनिक डुबेमा यिनीहरुलाई फरक नपर्ने मात्र हैन उल्लेखनीय फाइदा सम्म हुने तय छ र भइरहेको छ । आज यिनै सुपर रिचका लागि, के अरबपतिहरु उनीहरुको धनका योग्छ छन विषयमा केहि बिवेचना यहाँ प्रस्तुत छ ।

प्रस्तुतीः सुयोग ढकाल

यस्ता धेरै अरबपतिहरु संयुक्त राज्य अमेरिका केन्द्र गरेर ब्यापार गर्दछन्, स्मरण रहोस् ब्यापारको कुनै राष्ट्रियता हुँदैन । कोरोना भाइरस क्राइसिसको क्रममा नै अमेरिकी अरबपतिहरुले मार्च र मे महिनाको अन्तसम्मा नै ४३४ बिलियन डलर आर्जन गरेको स्पष्ट देखिन्छ, वासिंगटनमा आधारित इन्सटिट्यूट फर पोलिसी स्टडीज एण्ड अमेरिकन्स फर ट्याक्स फेयरनेसको प्रतिवेदन साभार गर्दैछु । यतिका धेरै नाफा ४० मिलियन अमेरिकीहरु काम नभएर घरै बसेका बेलामा कसरी आयो ? यसै समयमा विश्वभरि २६५ मिलियन मान्छेहरु भोकमरीसंग जुधिरहेका थिए, ग्लोवलाइज्ड विश्वका लागि यो तथ्य नौलो जानकारी हुन सक्छ, विश्व रुँदा अनि त्रासमा हुँदा कसरी नाफा जेनरेट भइरहेको छ त ?

फ्रन्ट लाइन कामदारहरु समाजका अन्यहरुलाई कोरोनाबाट जोगाउन आफ्नो ज्यानसंग नै जोखिम मोलिरहेका अवस्थामा विश्वको सर्वाधिक ठूलो आर्थिक कारोवारबाट फाइदा लिएका छन्, विश्वका सबैभन्दा धनी मध्य एक जेफ बेजोस्, उन्को सम्पति यसै दुई महिना बिचमा ३४ बिलियनले बढेको छ । अमेजन कम्पनी विश्वकै सर्वाधिक ठूलो अनलाइन शपिंग कम्पनी हो, लकडाउनमा सबैजना यसै कम्पनी मार्फत किनमेल गर्दा कम्पनीको कारोवार र मुल्याकंन बढेर गयो, यसरी बढ्यो कि यो संख्यामा बढ्न यस कम्पनीलाई वर्षौ लाग्नेथियो ।

अब यसरी कुरा गर्दा मलाई अरबपतिहरुको डाह गरेको पनि आरोप लाग्नेछ, उदार अर्थतन्त्रमा कमाउने सबैलाई हक छ तर आउनुहोस् हामीलाई त्रासमा राखेर अरबौं कमाउनेहरुको फेरिहिस्त पनि यहाँ बुझेसम्म लेख्नेछु ।

म टेक कम्पनीका बिलियोनायरस्का कुरा ल्याँउदैछु, अर्थतन्त्र ढलमल नै थियो, विश्व फेरि उत्पादनमुलक क्षेत्र तर्फ अनि कृषितर्फ उन्मुख हुने क्रममा थियो । टेक कम्पनीका अरबपति मालिकका कुनै दिमागभएका सहकर्मीले यो कोरोना त्रासको ब्रिलियन्त आइडिया ल्याएर सुनाए र आज सबै कम्पनीका मालिकहरु यसबाट आएको अरबौं खरबौं बाँढेर बसिरहेका त छैनन, शंका लाग्दछ । नलागोस पनि करी विश्वभरिका सबै श्रमिकहरुको वर्षौसम्मको श्रमको मुल्य जोड्ने हो भने यि अरबपतिहरुको एकवर्षको नाफासम्म पनि पुग्दैन, यसलाई के भन्ने ? आधुनिक सामन्तवाद या कन्सपीरेसी थियोरी ?

समृद्ध देश अमेरिकाको नै एउटा उदहारण यहाँ ल्याँउछु, सामान्य गणित हिसाब गर्ने प्रयास रहेको छ मेरो । अमेरिकी परिवारको औसत कमाई वार्षिक रुपमा ६० हजार अमेरिकी डलर हुन्छ, जेफ बेजोसको कुल सम्पती १४७ बिलियन डलर छ, अब जेफको जति सम्पति भेला पार्न एक अमेरिकी परिवारलाई २दशमलव ५ मिललियन वर्ष अर्थात २५ लाख वर्ष लाग्नेरहेछ, यो समानता हो या खाडल, आँफै तुलना गरौ । नेपाली परिवेशमा हिसाब गर्ने हो भने त साइन्टीफिक क्यालकुलेटरमा पनि अकंको अनेकन पावर राखेर मात्र उत्तर आँउछ । जेफको अमेजनमा काम गर्ने तल्लो तहको कर्मचारीको तलब हिसाब गर्दा उस्लाई आफ्नो बोसको जति सम्पति कमाउन ४० लाख वर्ष लाग्नेरहेछ, श्रम र पूजिँको खाडल हेर्नुहोस् यो विश्वमा । अमेजनमा कार्यरत्र श्रमिकहरु पनि हाम्रो देशमा कार्यरत बैंकरहरु या कुनै अन्य प्रतिष्ठि पदाधिकारीहरु जतिकै या बढि कमाँउछन्, नेपाली, भारतीय या अन्य बिकासोन्मुख देशको श्रमिकको तलबसंग को तुलना नगरौ । जेफको सम्पति बाँढिनुपर्छ भन्ने तर्क हैन तर खाडल हेनुहोस्, ४० लाख वर्ष लाग्ने भनेको श्रम र पूजिँको मुल्यको खतरा खाडल हो ।

सबै अरबपतीहरु खराब छैनन, उनीहरु कसैले शून्य बाट शूर गरे यहाँसम्म पुगेका पनि छन्, म मान्दछु । तर म गुड र ब्याड बिलियोनायरस्मा बिश्वास गर्दिन, अरबपति बन्न युद्धलाई प्रयोजन गरिन्छ, रोग श्रृजना गरिन्छ, स्वास्थसंग खेलवाड गरिन्छ अनि मुख्यतया श्रम अनि श्रमिकलाई मुल्य नदिइकन कार्य गराइन्छ, आधूनिक विश्वमा दासप्रथा अन्त भयो र ?

विश्वका हरेक देशहरुमा अरबपतीहरु र सामान्य मान्छेहरुलाई लाग्ने करको कूल रकम फरक होला तर प्रतिशतमा हेर्दा सामान्य श्रमिक र कामदार या तलबग्रँहीले तिर्ने कर भन्दा अरबपतिहरुले तिर्ने करको प्रतिशत धेरै कम हुन्छ । अन्तराष्ट्रिय मनिटरी फन्ड आइएमएफको एउटा प्रतिवेदनमा स्पष्टसंग उल्लेख छ कि हरेक वर्ष स्मार्ट बुककिपिंग र कर छलीको उपायहरु लगाएर विश्वभरिका देशहरुलाई ६०० बिलियन कर घाटा हुन्छ, यसरी कर घाटा कामदार, श्रमिक, तलबग्राही, लघुव्यापारीले हैन यस्ता अरबपतिहरुले गर्दा हुन्छ, विश्वको अर्थतन्त्र कहिल्यै स्वतन्त्र थिएन न त हुनेछ ।

वारेन वफेट र बिल गेट्सहरु अलि फरक अरबपतिहरु छन्, यसरी कन्सन्ट्रेटेड पैसो राख्नु भन्दा कर तिर्ने र सामाजिक काम गर्ने भनी उनीहरुले कोष पनि स्थापना गरेर बिकासोन्मुख देशमा कार्य पनि नगरेका हैनन तर त्यसको पाटो फरक छ । भारतले गेट्स एण्ड मेनीन्डा फाउण्डेशनलाई भ्याक्सीनहरुमा मानव ट्रायल गरेको सप्रमाण आरोप सहित बिदा गरिदियो, अन्तराष्ट्रिय मिडियामा यी कुराहरु उति छाएन । बिल र वफेटका कम्पनीहरुले गरेका वातावरणीय प्रदुषण र प्राकृतिक श्रोतहरुको चरम दोहनको तुलनामा यिनीहरुले गरेका सामाजिक कार्यहरुको सूची शून्य दशमलव शून्य अकंको प्रतिशतमा पनि आँउदैन ।

यसरी समाजमा दिएको रकमको तुलनामा यिनीहरुको आय खरबौं गुणाले बढिरहेको हुन्छ, यि सामाजिक काम मार्फत नयाँ ब्यापारको परीक्षण गर्ने साना साना देशका सरकारहरु किन्ने काम गरिएको पाइन्छ । प्रजातन्त्रको आधारशिला यिनै ब्यापारी र अरबपतिहरु हुन्छन्, देशका चुनावर राष्ट्रपति अनि प्रधानमन्त्री बन्ने क्याम्प यिनैहरुको रोचाईमा पर्दछ ।

कोरोना ले यि अरबपतिहरुलाई स्पष्ट फाइदा गरेको छ, हामी धेरै समय फेसबुक र यूट्यूब्मा बस्दछौ, बच्चाहरु अनलाइन वाटै पढ्नुपर्ने अवस्था आएको छ, सामान अनलाइनमा किन्नुपर्ने अवस्था आइसक्यो, पैसाहरु अब घरबाटै सत्तचालित गरिने अनि बैंक र बिमाका स्वरुपहरु पनि मोबाइलमा अटाउने छन् । मानवको संसारमा अब मानवीय संलग्नताको उपहास भइरहेको छ, बेरोजगारी अनि मानविय मोबिलाइजेशनको सिमा तोक्दै फाइदा र घाटाको फेरिहिस्तमा अरबपतिहरु सँधै अगाडि छन् ।

सुयोग ढकाल


Loading comments...