के हो प्यानिक डीसअर्डर ? यसबाट कसरि बच्ने ?


अचानक डर लाग्ने, आतेसलाग्ने, जिउ काम्ने, एक्कसी छाति दुख्ने, खलखल पसिना आउने, लौ अब त् मरिएला जस्तो हुने जस्ता लक्ष्यण देखिएको छ भने तपाइले प्यानिक डीसअर्डर छ भन्ने सोच्नु पर्दछ । डाक्टर नबिन बास्तोलाको अनुसार यो रोग एन्जाईटि डीसअर्डर भन्ने मानसिक समस्या अन्तर्गत पर्दछ ।

हो सबैको मन कहिले काही आतिन्छ नै, नराम्रो खबर सुन्दा होस्, परिक्षाको अगाडी हुदा होस वा कहिले काही महत्वपूर्ण निर्णय लिदा होस् या इन्टरभ्यु दिने बेलामा होस् हाम्रो मन आतिन्छ नै यो त हाम्रो जीवनको पाटो नै हो । तर जब बिना कारण मन आतिने र डराउने गर्दछ र यसले दैनिक जीवनयापनमा समस्या पर्दछ भने यो मानसिक रोग हो भनेर बुझ्नु पर्दछ । दरलाग्दो कुरा सुनेर होस् या डर लाग्दा चिज जस्तै सर्प देखेर शरीरमा अचानक परिवर्तन आउछ, मुटु काम्ने, खलखल पसिना बग्छ थाल्ने जस्ता मानसिक एव शारीरिक गतिविधि पनि हुन थाल्दछन। यो हुनुको कारण हाम्रो मस्तिस्कमा हाइपोथेलामस भन्ने अंगले अटोनोमिक नर्वस सिस्टमलाइ उत्तेजित पार्दछन तर बाइ डीसअर्डरमा बाहिरिकुरा भन्दा पनि भित्रि मनमा गाडिएर रहेका चिन्ता, त्रास, नकारात्मक सोच बिचारले हाइपोथेलामस अनि अटोनोमिक नर्वस सिस्टमलाइ उत्तेजित पार्ने अचानक आतेस लाग्ने मुटु काम्ने सरिर काम्ने, खलखल पसिना आउने हातखुट्टा गल्ने जस्ता लक्षण देखा पर्दछ ।

डा. नविन वास्तोला
धन्वन्तरी आयुर्वेद अस्पताल, धुम्बराही, काठमाण्डौ

प्यानिक डीसअर्डरको नामले चिनिने यस मस्तिस्क रोग नलागोस भन्नको लागी धेरै प्रेसरमा काम गर्नु हुदैन, मानसिक सन्तुलनलाइ कायम राख्नको लागी खानपिन र जीवनशैलीलाइ विशेष ध्यान पुर्याउनु पर्दछ। दैनिक रुपमा योग, प्राणायाम र ध्यान गर्ने बानीले पनि यो रोग लाग्नबाट बच्न सकिन्छ । आफ्नो परिवार, साथीभाईहरुसँग भेटघाट गर्ने, सकारात्मक कुराहरु गर्ने बनीले पनि यो समस्याबाट बच्न सकिन्छ । हामीहरुले धेरै उत्तेजित बनाउने, राजसिक र तामसिक खानेकुराहरु, अधिक पिरो, चिया, कफी, धेरै अमिलो, माछा, मासु, जस्ता चिजहरु सकेसम्म नखाने अथवा कम मात्रामा खाने गर्नु स्वस्थको लागी फाइदाजनक छ ।

रोग लागोस भन्ने कसको चाहना हुन्छ र? रोग लागि हाल्यो भने घरेलु उपचार गरेर पनि केहि राहत दिलाउन सकिन्छ जस्तै टाउकोमा तेलले मालिस गर्ने, खानाको साथमा घिउ खाने, सुद्द घिउ पगालेर सेलाए पछी नाकामा तिन तिन थोपा हाल्ने, खुट्टा र पैतालामा तेलको मसाज गर्ने गर्यो भने राहत मिल्छ। यस्तै गरि आयुर्वेदिक औषधि जस्तै अस्वगन्धा राति सुत्ने बेलामा एक गिलास तातो दुधसँग मिसाएर खान सकिन्छ । जटामसि, ब्रामी, शंखपुष्पी र बोझो मिसाइएक आयुर्वेदिक औषधिहरुको सेवन गर्नाले पनि रोग निको हुनमा मद्दत पुर्र्याउँछ ।

आयुर्वेदिक पञ्चकर्म ‘वमन’ ‘विरेचन, ‘नास्य’, ‘बस्ती’ एवं ‘रक्त मोक्षण” आदिले पनि यो रोगलाइ राहत पुर्याउछ ।

के हो पञ्चकर्म (अर्थात पाँच कर्म)?
आयुर्वेदको उत्‍कृष्‍ट चिकित्‍सा विधि हो पञ्चकर्म । यसलाई आयुर्वेदको विशिष्‍ट चिकित्‍सापद्धति पनि भनिन्छ । यस विधिबाट शरीरमा लाग्ने रोगहरूको कारण जुन वात, पित्त, तथा कफ हुन्छ यी तीन समस्याहरु अर्थात् त्रिदोषहरुका असम रूपलाई समरूपमा पूर्ववत् स्थापना गर्नको लागि विभिन्‍न प्रकारको प्रक्रियाहरू प्रयोगमा ल्याइन्छन् । स्वस्थ्य जीवनशैलीका लागि शरिरका नियमित प्रक्रियायहरूमा पाँच कर्म मुख्‍य छन्, यसैकारण ‘’पञ्चकर्म’’ भन्दछन्।

-डा.नबिन बास्तोला
धन्वन्तरी आयुर्वेद अस्पताल, धुम्बराही, काठमाण्डौ
[email protected]
9851145406

 


Loading comments...