Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार
Manoj Bhandari

खै कता हरायौ तिमी ?

९ पुष २०७५, सोमबार ०५:००


खै कता हरायौ तिमी ?
आजभोलि म निकै खोजीरहन्छु हरपल,
ति मिठा अनि न्यानो साथलाई सम्झदै
खै कता हरायौ तिमी?
कहाँ कहाँ खोजु म, तिमी कहाँ लुक्यौ,
मलाई त तिम्रो लत लागिसक्यो
खै कता हरायौ तिमी ?

त्यो कसिलो अनि मिठा अनुभवहरु,
तिमी साथ हुदाँ सुरक्षित महसुस गर्ने म,
आज भौतारिएको छु यताउता खोज्दै
खै कता हरायौ तिमी ?
जब रातमा शिरशिर बतास चल्छ,
तब म तिमीलाई सम्झन्छु,
जब म कमजोर भएको ठान्छु
म तिमीलाई सम्झन्छु
खै कता हरायौ तिमी ?

तिम्रो त्यो मिठो सुगन्ध ,
अनि ममा लुटपुटिएकी तिमी सम्झी रहन्छु
खै कता हरायौ तिमी ?
तिमी बिनाका यि दिनहरु अनि रातहरु काट्न मुस्कील
अरु कोहीसँग यी पलहरु पनि साट्न मुस्कील
खै कता हरायौ तिमी ?

म खोजी रहे यताउता, जताततै जहाँ तिमीसँग मेरो भेट हुन्थयौ
आज भने तिमीलाई भेटदिन कतै
खै कता हरायौ तिमी ?
म तिमीलाई धेरै सम्झीरहन्छु, खोजीरहन्छु
यो चिसो मौसममा, तिम्रो याद आइरहन्छ
खै कता हरायौ तिमी ?
मेरोप्यारो,न्यानो,ऊनीको सेतो गलबन्दी
प्यारो गलबन्दी

-Subash Bhandari

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी

काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।