Lifestyle Portal
  •   २५ फाल्गुन २०७७, मंगलवार

साङ्ला भगाउने घरेलु उपाय

८ पुष २०७५, आईतवार १९:३५

के तपाइको घरमा साङ्लाले सताएर हैरान हुनुहुन्छ । अब चिन्ता नालिनिहोस् हामीले यसको सरल उपाए तपाईलाई दिदै छौं  सामान्यतया घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई रहन वा बाँच्न सहज हुन्छ । साङ्लाहरुको आवास भनेकै भान्साको आसपास खाने कुरा भएको ठाउँमा नै हुने गर्दछ ।

बजारमा साङ्ला भगाउन भनौं या मार्नका लागि बजारमा अनेक तरहका रसायनिक औषधि पाइन्छन् । तर, यी औषधीहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यदि घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनु बुद्धिमतापूर्ण कार्य हुन्छ ।

साबुन पानी
साङ्ला मार्ने सबैभन्दा उत्तम उपाय भनेको साबुनपानी हो । साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला मर्दछन् ।साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउँदैन । साङ्लाले स्वाँस फेर्न छालाको सहारा लिने हुँदा शरीरमा साबुनको झोलले स्वास फेर्न अथवा लिन अप्ठ्यारो हुने कारणले गर्दा साङ्ला साँस लिन नसकी छटपटिएर मर्छ ।

के, कसरी गर्ने त ?
एउटा भाँडोमा नुहाने साबुनको झोल तयार गर्ने । स्याम्पु मिसाउँदा पनि हुन्छ । साङ्लाहरु भएको स्थानमा यो झोल छर्किने । साङ्लाहरु भाग्न नपाउन भनेर चारीतिर झोलको अलि चौडा घेरा बनाउँदा पनि हुन्छ । अब यो झोल साङ्लामाथि छर्किने यसरी केही बेरमा साङ्ला भाग्न खोज्छन् त केही मर्छन् । भाग्न खोजेका साङ्लामाथि यो झोल छर्किँदै जाने । लुगा धुने साबुन भन्दा नुहाने साबुन डिटोलको झोलले यो छिटो मर्दछन् ।

तेजपत्ताको प्रयोग
तेजपत्ताको गन्धसँग साङ्ला भाग्ने गर्छ । त्यसैले केही तेजपत्ता साङ्ला धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले साङ्ला आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।

सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर साङ्ला धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गुलियोले साङ्लालाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नुपर्छ ।

ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि साङ्ला भगाउने उत्तम उपाय हो । साङ्ला धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धूलो राखिदिनुहोस् । यस उपायबाट साङ्ला भाग्छ ।

मट्टीतेल
हामीले मट्टीतेलको प्रयोगद्वारा पनि साङ्लाबाट मुक्ति पाउन सक्छौं । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोग गर्दा निक्कै सावधानी र सजगता भने अपनाउनु पर्ने जरुरी रहन्छ ।

भान्सालाई सँधै ओसमुक्त पर्ने प्रयत्न गर्नुहोस् । साङ्ला रहनको लागि ओसिलो ठाउँ अनुकूल मानिन्छ । त्यसैले पनि हजुरले आफ्नो भान्सा कोठालाई ओसमुक्त राख्नुभयो भने पनि साङ्लाबाट केही हदसम्म राहत प्राप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका

काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा

जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा