भ्वाइसको मञ्चमा अाज “I Love You ❤”


१६ मंसिर, काठमाण्डौ । हाम्रा समयका युवाहरुले यदी प्रेम गरे अथवा सङ्गीतको रहरमा गीटार समाएका हुन भने हाईपिचमा पिरीती अभिव्यक्त गर्ने सुपरहीट शैली पस्किएका गायक अनिल सिंहका गीत अवस्य गाएकै हुनुपर्छ ।

गायक अनिल सिहंका गायन शैलीको एउटा यूगमा नेपाली पुस्ता हुर्केका छन् । टेलीभिजन संस्कारको शुरुवाती दिनहरुमा अनि नेपालमा स्थानीय एफएम रेडियोहरुको शुरुवाती समयमा अनिल सिंहको “इन्जिन गाडिमा” देखि “डुब्न देउ मलाई” अनि “प्रेमपत्र” जस्ता धेरै गीतहरु चर्चामा रहेका थिए ।

मायामा पर्दा अनि बिछोडका भावहरुलाई बहुतै गज्जबले आफ्ना गीतमा उतार्ने अनिल सिहंका गायनमा फरक स्वाद अनि भिन्न जादू पाइन्छ । अनिल सिंह एउटा अब्बल गीतकार, सङ्गीतकार अनि गायक हुन् । आज द भ्वाइसको मञ्चमा विशेष अतिथीको रुपमा अनिलसिंहलाई अाज सुन्न सकिनेछ ।


Loading comments...