Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

उच्चारणमा चिप्लिएका ४ कालजयी नेपाली गीतहरु

४ पुष २०७५, बुधबार ११:४२

पुराना गीतहरुमा तरङ्ग हुन्छ अनि एउटा मिठास, कसैले वालापनसँग जोडेर त कसैले पुराना यादहरुसँग जोडेर पुराना गीतहरु सुन्दछन् । पुराना गीतहरु सुनेर पुराना यादहरु ताजा गर्दाको समयको आनन्द पनि बेग्लै छ किनभने गीतसँग एउटा पुस्ता हुर्किन्छ र त्यो पुस्ताको मानसपटलमा गीत अनि त्यस्का यादका साथै त्यस्का शब्दहरु गडेर बसेका हुन्छन् ।

सदाबहार गीतहरु कालजयी हुन्छन् र त्यस्ता गीतहरु कहिल्यै पुराना हुदैनन, स्रोताका ढुकढुकीमा एउटा छुट्टै स्थान बनाएर बसेका यस्ता गीतहरुले धेरैको जीवन छोएका हुन्छन् । आउनुहोस नेपाली भाषाका यस्तै केही कालजयी गीतहरु र ति गीतहरुमा भएका उच्चारण त्रुटीहरु जसलार्इ हामीले हजारौं पल्ट सुन्दासमेत चाल पाउन नसकेको शब्दहरु र भावहरुका बारेमा ब्याख्या गरौं ।

१) नारायण गोपाल
स्वर सम्राट नारायण गोपालका गीतहरु सुनेर अनि ति गीतहरु थोरै भएपनि याद नभएको नेपाली पुस्ता शायद् कमै छन् । अहिलेको कन्टेम्परोरी पुस्ताले नारायण गोपालका गीत त्यति सुन्न नपाएका हुनसक्छन तर अघिल्लो पुस्ताका अग्रजहरुले गरेका कुरा र गीतका उदाहरण सुनेरै पनि उनिहरु स्वर सम्राटसँग नजिक भएकाछन् । उनको सदाबहार गीतहरु जस्तै ‘एउटा मान्छेको मायाले’, ‘पर्खि बसें अाउलाभनी’ लगायत धेरै गीतहरु अझैपनि धेरैको मुखमा झुण्डिएको र लभ एन्थम नै बनिदिएका कृतिहरु हुन् ।

सन् १९३९ को अक्टोबर महिनामा काठमाण्डौमा जन्मिएका नारायण गोपाल गुर्वाचार्य नेवार समूदायबाट हुनुभएता पनि वहाँको गायकीमा शब्द उठान र उच्चारणमा कहिंकतैपनि नेवारी टोन पाईदैन् । अलौकीक आवाज अनि साधारण जनमानसको जीवन र ब्यथालाई टपक्कै टिपेर गाइदिनसक्ने यी गायक अथवा भनौ नेपाली गीत अनि सङ्गीतका यूगपुरुषका पनि केही यस्ता गीतहरु छन् जसलाई हामीले वाल्यकालदेखि सुन्दै आएका त छौँ तर त्यस्मा भएका उच्चारणलाई गीतको मिठास र गीतसँग जोडिएका झझल्कोका कारण हामीले चाल पाएका छैनौं ।

उदाहारणका लागि यिनको एउटा अत्यन्त चर्चित र मार्मिक गीत एकफेर सुन्नैपर्ने हुन्छ, ‘तिमीले भनेका सारा देव छोएर’ भन्ने कालजयी गीत । तिमीले नभईकन टिमीले भनिएको छ तर गीतको मार्धूयता यति मार्मिक छ कि कसैले पनि यसबारे विचारसम्म गर्न भ्याउँदैनन् । यसो भन्दैमा हामीले गीतको भाव र सापेक्षतालाई कम आंकलन गर्न खोजेको हैनौ बरु यो गीतको उँचाई र भावलाई अनि यसको ताकतलाई दशकौंपछि फेरि ताजा गर्न खोजेका मात्र हौं ।

अर्थशास्त्री विश्वम्भर प्याकुरेलका यी शब्दलाई नारायण गोपालले विद्यूतिय स्वरुपको भाव अनि जादू भरीदिएका छन् । गीतको सम्पूर्ण शब्दहरु हाम्रो पात्रोमा केवल तपाइका लागि:

तिमीले भनेका सारा देव छोएर-२
म किरिया खान कहाँ सक्छु र
यदि मान्छौ भने म
तिम्रै देव भनेर
म त खाई दिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर

तारालाई साक्षी राखेर
वाचा नै कहिले खाएथें
पानीमा औँला डोबेर
संधि नै कहिले गरेथें
अनि बाध्यताको के कुरा, अपधर्म को के कुरा?
विश्वास गर भनेर भन्छौ भने
अविश्वास कहिले गरेथें ?
तिमीले भनेका सारा देव छोएर

रात भर तिमी रोई दिंदा
रोएथें म केही बेर
केही बेर तिमी हाँसी दिंदा
हाँसेथें म धेरै बेर
अनि पौरुषता को के कुरा
चौडा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने
दुखमा कहिले रोएथें?

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र

२) गुलाम अली
स्वर सम्राट नारायण गोपाल भन्दा बर्षदिन कान्छा यी गजल गायक सन् १९४० मा पाकिस्तानको पटियाला घरानामा जन्मेका हुन् । पाकिस्तान, नेपाल, भारत, बाङ्गलादेश लगायत विश्वभरी रहेका दक्षिण एसिया डाएस्पोरामा अत्यन्त चर्चित यी गायकले गाएका नेपाली गीतहरु ‘लोलाएका ति ठुला’, ‘मन भित्र के छ ठूली’ अनि ‘के छ र दिउँ तिमीलाई मैलै’ जस्ता गीतहरु नेपालमा अत्यन्त चर्चित छन् ।

उर्दू लालनपालनमा हुर्किएका पाकिस्तानी गायकले नेपाली भाषाको मौलीक गीतको मिठास पस्किन सक्नु एउटा ब्यापक कला नै हो तथापि उनले गाएका अनि ति गीतहरुमा प्रयोग भएका शब्दोच्चारणले गैरनेपालीले गाएको भन्ने भनक भने पर्दैन । केही सहज अनि केही असहज उच्चारणात्मक त्रुटीहरु उनका गीतमा हामीले पाउनसक्छौँ तर पनि संगीत संयोजन अनि शब्दको गहिराइभित्र चुर्लुम्म डुबाउनसक्ने अलीका गायकीका विशेषता हुन् । राजा महेन्द्रले लेखेका गीतहरुलाई मात्र नेपालीमा स्वराकंन गरेका अलि नेपाली साङ्गीतिक नक्षत्रका लागि कुनै नौलो नाम भने हैनन ।

‘के छ र दिउँ तिमीलाई मैले कोशेली भनेर’ भन्ने गीतमा उनले स्पष्टसँग ‘ल्याएको थिए दुई थोपा’ आँशुलाई ‘ल्याएको थिए दुई थोपा याशु’ गाईदिएकाछन् । यो गीत सुन्दा यति त सहजै विचार गर्न सकिन्छ तथापि गीत मिठो र लोभलाग्दो छ । दिपक जङ्गमको सङ्गीत रहेको यस गीतमा म.वि.वि. शाहको शब्द रहेको छ । रेकर्डिङमा बस्नेहरुले पनि सुधार्न नचाहेको या थाहा नपाएको यो उच्चारण शायद् यो गीतको ईतिहासको गर्भको कुरो हो । एकफेर अवस्य सुन्नुहोला ।

३) उदय र मनिला सोताङ
नेपाली साङ्गीतिक नक्षत्रमा अत्यन्त सुमधूर तथा कालजयी गीतहरु दिन सफल उदय र मनिला सोताङका सृजनाहरु अझै पनि धेरै नेपालीहरुको भावनाको सरगम र यर्थाथको सहयात्री भएकाछन् । ‘कहाँ पोखिन्छ आँशु’, ‘छिनछिनमै हाँस्न मन लाग्छ’ जस्ता गीतहरु सोताङ जोडीको सर्वत्र चर्चामा रहेका केही गीतहरु हुन् ।  श्रीमान् श्रीमतीसँगै मिलेर स्वर र सङ्गीतको अद्भुत मिश्रण पस्किन सक्नु नै यो जोडीको विशेषता हो, अहिले आएर छोरी श्रेया सोताङले पनि कन्टेम्परोरी तथा पार्श्वगायनमा राम्रो स्थान बनाउन सकेकिछिन् ।

उनिहरुको एउटा अत्यन्तै राम्रो गीत ‘यसरी कसोरी म जाँउ रित्तैमा’ भने उच्चारणमा यसरी कसरी हुनुपर्नेमा यसरी कसोरी भएको छ । नेपाली भाषामा कसोरी भन्ने शब्द नभएतापनि दार्जिलिङ्गबाट आएका धेरै श्रष्टाहरुले कसोरी प्रयोग गर्नुभएको भेटिन्छ । तथापि गीत एकदमै राम्रो छः

यो यूद्घ भए जसरी नि जित्थेँ
खेलमात्र भए हारेझैँ गर्थेँ
यसरी कसोरी म जाँउ रित्तै
नलिई कुनै प्रेमको निशानी

शब्दमा दम छ र त यो कालजयी भईदियो । एकफेर अब ‘कसोरी’लाई कसरी नै बनाएर श्रवण गरिदिने हो कि ?

४) भक्तराज आचार्य
‘हजार आँखा हेर्ने मेरि मायालु’लाई भन्ने गीतमा भजन शिरोमणी भक्तराज आचार्यले पनि कसरी लाई कसोरी नै उच्चारण गरेका छन् । ति समयका अधिकांश गीतहरुमा कसोरी सुनीएतापनि आजभोलीका गीतहरुमा भने कसरीनै सुनिन्छन् ।

कसोरी शब्द नेपाली भाषा साहित्य अनि शब्दकोषमा कतै नभेटिए पनि गीतहरुमा सुनेर हामीहरुमध्ये धेरैले बाथरुम, स्टेज अनि एकान्तमा हुबहु यहि गीतहरु गाएकैछौँ ।

‘आगे आगे तोपैको गोला’ बोलको डेनि डेन्जोन्पाको नेपाली गितको पनि शुरुमै भारतीय शब्द आगे आगे भएतापनि गीत सदाबहार नेपाली गीत हो, गायन कलामा भाषा या राष्ट्रको सीमानाको लागि कुनै ठाउँ हुँदैन भन्ने कुरा यो गीतले प्रष्ट पारेको छ ।

हाम्रा उदित नारायण झा होउन या विनोद राठौर, कुमार सानू, अलका यज्ञिक वा सोनू निगम होउन अधिकांश भारतीय पार्श्वगायनमा उम्दा कलाकारहरुले गाएका नेपाली गीतहरुका उच्चारण तथा व्याकरणमा चिप्लिएका छन् तर श्रोताहरुले गीतलाई औधी मन पराएका छन् र त्यस्को कारण शब्द भन्दा पनि राम्रा सङ्गीत र गीतमा श्रोताको भक्ति अपार हुनु नै मुख्य कारण हुनसक्छ ।

तपाईँलाई पनि यस्ता कुनै त्रुटीहरु नेपाली गीतमा भएको थाहा छ भने हामीलार्इ कमेण्ट गर्नुहोस् । नेपाली गीत सुन्दै गर्नुहोला, नेपाली सङ्गीतलाई माया गर्नुहोला, लाइक र शेयर गरेर यी जानकारीहरुलाई सबै समक्ष पुर्याउने जिम्मा तपार्इँको, हामी यस्ता अरु थुप्रै जानकारीहरु निरन्तर पस्किनेछौं ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला

खोटाङ । केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो

चैत एक गते देखि भर्चुअल रूपमा सुरुवात भएको बाल नाटक महोत्सव चैत बाह्र गते कर्मी नाट्री समुह चितवनको प्रस्तुति ”