
भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भन्दै २०७२ सालको भिडियो भाइरल
१९ जेष्ठ २०७७, सोमबार १२:३४
काठमाडौं । अहिले नेपाल र भारतबीच सिमा विवादले सम्बन्धमा समस्या परेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँगको सिमा विवाद उल्लेख गर्दै हालैमात्र भारतको मोदी सरकार छिमेकका लागि खतरा भएको आरोप लगाएका थिए ।
उनले ट्वीटबाट भारतमाथि गम्भीर आरोप लगाइरहँदा पाकिस्तानबाट सामाजिक सञ्जालमा नेपाल भारतबीचको पछिल्लो अवस्थाबारे नियोजित तरिकाले प्रोपोगान्डा मच्चाउन थालिएको छ । पाकिस्तान जिन्दावाद नामको ट्वीटर पेजबाट १३ भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भनी भिडियो पोष्ट गरिएको छ । भिडियोमा भारतीय सुरक्षा फौज र नेपाली अधिकारी देखिन्छन् ।
उर्दूभाषामा पोष्ट गरिएको भिडियो ट्वीटमा लेखिएको छ, ‘यो भिडियोमा १३ भारतीय सैनिक नेपाली सेनाद्वारा नियन्त्रणमा लिइएका हुन् । यो भिडियोमा नेपाली सेनाका वरिष्ठ अधिकारी र कायर भारतीय सैनिकहरु देखिन्छन् ।’
یہ ہے وہ ویڈیو جس میں 13 #بھارتی_فوجی جو #نیپالی_آرمی نے گرفتار کر لئے تھے.. اس ویڈیو میں #نیپالی فوج کے آلہ افسران اور #بھارتی قیدی فوجی دیکھے جا سکتے ہیں??#Nepal #India #IndianArmy #NepalIndiaBorder #NepalTime #IndianArmedForces pic.twitter.com/hR5KvmzIi4
— Pakistan Zindabad (@GHaZ_NAwE77) May 31, 2020
भिडियोको वास्तविकता के हो?
भिडियो १३ मंसिर २०७२, आइतवार (November 29, 2015) बिहान ८ बजेको घटनाको हो । १४ जनाको समूहमा रहेका एसएसबिका भारतीय सुरक्षाकर्मीहरु आपराधिक समुहको पिछा गर्दै हातहतियारसहित झापाको केचना प्रवेश गरेपछि केचनाका स्थानीयहरुको सहयोगमा गाउँलेले घेरा हालेपछि १ जना भागेर भारत प्रवेश गर्न सफल भएका थिए । त्यसपश्चात सशस्त्र प्रहरी बलले उनीहरुलाई पक्राउ गरेको थियो । पछि दुवै देशको सुरक्षाकर्मी र प्रशासन बसेर सिमा पारी फर्काइएका थिए । भिडियोमा यो विषय समेत उल्लेख छ । तर, नेपाल र भारतबीच सीमा विवाद भइरहँदा ताजा घटनाको रुपमा ब्याख्या गर्दै पुरानो भिडियो राखेर दुई देशबीच सैन्य मनमुटाव भएको जसरी अफवाह फैलाउन थालिएको छ ।
यो घटनाको पुरा जानकारीका लागि #News24 टेलिभिजनले घटनाको भोलिपल्ट नै लोकप्रिय टेलिभिजन शो #PowerNews मा प्रेम बानियाले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस्
https://www.youtube.com/watch?v=3_kqyew4vyA
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल