
बलिउडमा अर्को चोटः रहेनन ‘सुरिली अँखियो’ का वाजिद खान
तबलाबादक उस्ताद शराफत अलि खानका दुई नामूद सङ्गीतज्ञ छोराहरु साजिद-वाजिदको जोडिले बलिउडमा नयाँ धून र सङ्गीतको धार पस्किए । निकै मर्मश्पर्शी गीतमा यि दुइले गरेको सृजना हिन्दूस्तानी सङ्गीत स्रोताहरुबिच बाँचिरहने छ । वाजिदको भने कलिलो मउेरमा नै आज मृत्यु भएको हो । मुम्बईमा मृगौला संक्रमणका कारणले यिनको मृत्यु भएको जनाइएपनि कोरोना संक्रमण पनि मृत्युको मुख्य कारण रहेको कुराहरु पनि आइरहेका छन्, यद्धपी आधिकारिक जानकारी अनुसार ४२ वर्षका यि कलाकारले मृगौला प्रत्यारोपणपछि भएको संक्रमणका कारणले ज्यान गुमाएको कुरा उल्लेख छ ।
यस वर्षको इद वाजिदका लागि अन्तिम इद रह्यो । हरेक इद अब बलिउडका लागि र सँगै यति सफल यात्रा तय गरेका दाजू साजिदका लागि मार्मिक रहने छ । इरफान खान, ऋषि कपुर अनि अहिले वाजिद, बलिउडले यसवर्ष आफ्ना महत्वपूर्ण प्रियपात्रहरु गुमाइ सकेको छ ।
हुड हुह दबंग दबंग, चिन्ताता चिता ता, सुरिली अंखियो वाले, तजदार ए हरम जस्ता चर्चित गीतहरुका सर्जक साजिद-वाजिद सलमान खानको पारिवारीक प्रडक्सनसँग निकट भएर काम गर्ने मध्येका एक सङ्गीतकार हुन् । अब साजिद वाजिदका ड्यूओमा वाजिदको भाव खड्कीरहने छ ।
आज मुम्बईको सुराना अस्पतालमा मृत्यू भएको हो, मृगौला प्रत्यारोपण गरिएका यिनलाई ४ दिनदेखि भेन्टीलेटरमा राखिएको थियो । भेरसोभा मसानघाटमा आज दिँउसो १ बजे यिनको दाहसंस्कार गरियो, कोरोना त्रासका कारणले केवल २० जना आफन्त, प्रियजनको उपस्थितिमा उन्को अन्तिम बिदाई गरियो ।
साजिदका अनुसार वाजिदलाई कोरोना पोजिटिभ देखिएको भनी धेरै भारतीय मिडियाहरुले समेत लेखेका छन्, यद्धपी यस तथ्यको आधिकारिक जानकारी भने कतै पाइएको छैन ।
वलिउड फेरि शोकमा डुबेको छ, सलमानले ट्वीट गरेका छन्, “वाजिद भाई सँधै प्रेम, सम्मान र सम्झना । एक व्यक्तिको रूपमा सम्झना छैन तपाईँ प्रतिभाप्रति प्रेम । तपाईँको सुन्दर आत्माले शान्ति प्राप्त गरोस्…” प्रियंका चोपडाले ट्वीट गर्दै वाजिदको मुस्कान कदापी नभुल्ने लेखेकी छिन्, उता परिनीती चोपडाले वाजिदसँग ताजमहलमुनी बसेर गीत गाएका साँझहरु सम्झना गर्ने लेखेकी छिन् । बरुण धवनले वाजिदको मृत्युप्रति शोक व्यक्त गर्दै सङ्गीतका लागि धन्यवाद लेखेका छन् ।
Wajid Vil always love, respect, remember n miss u as a person n ur talent, Love u n may your beautiful soul rest in peace …
— Salman Khan (@BeingSalmanKhan) June 1, 2020
Terrible news. The one thing I will always remember is Wajid bhai’s laugh. Always smiling. Gone too soon. My condolences to his family and everyone grieving. Rest in peace my friend. You are in my thoughts and prayers.@wajidkhan7
— PRIYANKA (@priyankachopra) May 31, 2020
Wajid Bhai you were the nicest, nicest nicest man! Always smiling. Always singing. All heart. Every music session with him was memorable. You will truly be missed wajid bhai. ?? #WajidKhan
— Parineeti Chopra (@ParineetiChopra) May 31, 2020
यो ग्रहबाट अनन्त यात्रामा निस्किएका वाजिदलाई अलविदा, परमेश्वरले वाजिदलाई आफूमा समाहित गरुन् ।