सांसद अभिशेषप्रताप साहद्वारा सगरमाथामा चीनको एकतर्फी सर्वे भएकोमा आपत्ति


नेपाली कांग्रेसका सांसद अभिशेषप्रताप साहले सगरमाथामा चीनले एकतर्फी रुपमा सर्भे टिम भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद साहले नेपाल–चीनबीच सहमति भएर मात्रै सगरमाथामा सर्भे टिम पठाउनुपर्ने बताए ।

‘२० मे २०२० मा चीनको अफिसियल पेज जिन्ह्वा कल्चर एण्ड ट्राभल्सले माउन्ट एभरेष्ट सगरमाथा चीनको भाषामा माउन्ट चोमोलोङमामा सर्भे टिम पठाएको छ’, उनले भनेका छन् ।

‘त्यो सर्भे टिम नेपालसँग परामर्श गरेर पठाएको हो कि ? २७ मेमा देखाएको छ चाइना सिन्ह्वा न्युजले देखाउँछ त्यहाँ चिनियाँहरू गएर फाइभ जी टावर पनि लगाएका छन्’, सांसद शाहले भने, ‘नेपाल–चीनबीच सहमति भएर मात्रै त्यहाँ सर्वे टिम पठाउनुपर्ने थियो ।’


Loading comments...